ब्याटलका लागि छानिए अभिषेक बराईली

११ चैत्र २०७७, बुधबार ११:४५

मकवानपुर, ११ चैत । सिराहाका अभिषेक बराईली द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छन् । ब्याटलका लागि छानिएका उनी सातौँ प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘माया बैगुनी’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद अन्तिममा उनीतर्फ फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

२५ वर्षीय अभिषेक सिराहा गोलबजारका हुन् । उनी हाल काठमाडौँको रातोपुलमा बस्छन् । उनी केही वर्षदेखि संगीत क्षेत्रमै संघर्ष गरिरहेका छन् । संगीत क्षेत्रमा लाग्न परिवारबाट त्यति सहयोग नभएता पनि उनी संगीत क्षेत्रमै निरन्तर लागिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*