ब्लाईण्ड अडिसनबाट छानिए सम्राट राजभण्डारी

११ चैत्र २०७७, बुधबार ११:३९

म्कवानपुर, ११ चैत । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट चाबाहिल निवासी सम्राट राजभण्डारी ब्याटल राउण्डका लागि छानिएका छन् । उनी ब्याटलका लागि छानिएका छैटौँ प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘न्यानो घर’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर सुरुमा कोच तिर्सना र त्यसपछि कोच राजु उनीतर्फ फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

२९ वर्षीय सम्राट चाबाहिल निवासी हुन् । सांगितिक परिवारमा हुर्किएका सम्राटले परिवारबाटै संगीतमा लाग्ने प्रेरणा पाएका हुन् । कक्षा ५ मा अध्ययन गर्दै गर्दाको समयमा बुवा गुमाएका सम्राटले आफ्नो हजुरबुवाबाट पनि संगीतमा लाग्ने प्रेरणा पाएका थिए । गीतकार समेत रहेका हजुरबुवा र निक्कै नै राम्रो बाँसुरी बाधक दाजुको माझमा उभिएका सम्राटको परिवार नै संगीतमय छ । उनकी एक बहिनी पनि गायनमा नै सक्रिय छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*