रामेछापकी सुजिता योञ्जन ब्याटलका लागि छानिईन्

११ चैत्र २०७७, बुधबार ११:३४

मकवानपुर, ११ चैत । रामेछापकी सुजिता योञ्जन ‘द भोईस अफ नेपाल सिजन ३’ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी छिन् । उनी ब्याटल राउण्डका लागि छानिएकी चौथो प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘दुख्छ छाती’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच दिप अन्तिममा उनीतर्फ फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।

१८ वर्षीया सुजिता रामेछापकी हुन् । अहिले पाटनढोकामा बस्दै गरेकी सुजिता सानैदेखि संगीत रुचि राख्थिन् । रामेछापको विकट भेगमा जन्मिएकी उनले घाँसदाउरा काट्दै र गोठालो जाँदै गर्दाको अवस्थादेखि नै गीत गाउन थालेकी थिईन् । जंगलको बाटोमा एक्लै विद्यालय जाँदा आउँदा गीतलाई साथी बनाएकी उनी संगीतमै केही गर्न चाहान्छिन् । गायिका बन्ने ठूलो सपना बोकेकी सुजिताले अहिले संगीत विषयमै अध्ययन पनि गरिरहेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*