ध्रुव तामाङले जिते कोच प्रमोदको मन

११ चैत्र २०७७, बुधबार ११:२९

मकवानपुर, ११ चैत । नुवाकोटका धु्रव तामाङ द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका छन् । उनी ब्लाईण्ड अडिसनबाट छानिएका तेस्रो प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘नभन मेरो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद अन्तिममा उनीतर्फ फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

२९ वर्षीय ध्रुव नुवाकोटका हुन् । उनी हाल काठमाडौँमा बस्छन् । संगीतमै रमाउने उनी संगीत क्षेत्रमै आफ्नो परिचय स्थापित गराउन चाहान्छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*