मेलिना मैनाली भोईस अफ नेपालको ब्याटल राउण्डमा

११ चैत्र २०७७, बुधबार ११:२२

मकवानपुर, ११ चैत । झापा निवासी मेलिना मैनाली नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ मा ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी छिन् । द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएकी उनी पहिलो प्रतियोगी हुन् । उनले ब्लाईण्ड अडिसनमा ‘लौ है माया’ बोलको गीत गाएकी थिईन् । उनले गीत सकाएकै समयमा कोच राजु लामा बाहेक अन्य ३ जना निर्णायकहरु उनीतर्फ फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छिन् ।

सानैदेखि गायन क्षेत्रमा चम्किएकी मेलिना झापा निवासी हुन् । उनी १९ वर्षकी छिन् । उनले सानैदेखि विभिन्न गायन प्रतियोगिताहरुमा सहभागी भएर थुप्रै प्रशंसा कमाएकी छिन् । परिवारबाटै गायन क्षेत्रमा लाग्न हौसला पाएकी मेलिनाले गायन क्षेत्रमै लागिरहने अठोट पनि गरेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*