राजु केसी र डिला बिकले जिते दोहोरी भिडन्त

८ चैत्र २०७७, आईतवार २१:४०
Featured Video Play Icon

मकवानपुर, ८ चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को पहिलो दोहोरी भिडन्त राजु केसी र डिला बिकको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको पहिलो दोहोरी भिडन्तमा राजु केसी र डिला बिकको जोडीले प्रिती गिरी र अनुज अधिकारीको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात हरेक निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा राजु र डिलाले प्रिती र अनुजकोभन्दा बढी अंक ल्याएपछि उनीहरुको टिम विजयी भएका हुन् । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् । हेर्नुहोस् भिडियो–

प्रिति र अनुजको जोडीलाई निर्णायक चन्द्र शर्माले १५९ अंक, निर्णायक रमेश बिजीले १४५ अंक, निर्णायक सिता थापाले १२१ अंक र निर्णायक प्रजापति पराजुलीले १४३ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकहरुबाट गरी जम्मा ५६८ अंक प्राप्त गरेका थिए । त्यस्तै राजु र डिलाको जोडीलाई निर्णायक चन्द्र शर्माले १६२ अंक, निर्णायक रमेश बिजीले १४९ अंक, निर्णायक सिता थापाले १२८ अंक र निर्णायक प्रजापति पराजुलीले १४५.५ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ५८४.५ अंक प्राप्त गरेका थिए । प्रिती र अनुजलाई राजु र डिलाले जम्मा १६.५ अंकले पछाडि पारेका हुन् । राजु र डिलालाई दोहोरीमा आयुष केशी र रविन परियारले सहयोग गरेका थिए । त्यस्तै प्रिति र अनुजलाई दोहोरीमा शारदा गुरुङ र बिमला बिसीले साथ दिएका थिए ।

दोहोरीकी रानी पनि भनेर चिनिएकी डिलाको माईती सुर्खेतमा पर्छ । उनी हाल धादिङमा बसोबास गर्छिन् । उनी लोकदोहोरीकी परिचित गायिका समेत हुन् । लाईभ दोहोरीमा उनको निक्कै चर्चा छ । त्यस्तै विभिन्न दोहोरी प्रतियोगिताहरुमा समेत जित हासिल गरिसकेका राजु स्याङ्जाका हुन् । राजु राजेश कुँवरका नामले पनि चिनिन्छन् । राजु चर्चित लोकदोहोरी गाायक हुन् । उनी लाईभ दोहोरीमा पनि निक्कै चर्चामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*