राजु र डिलाको दोहोरी भिडन्त प्रिती र अनुजसँग, कसले मार्ला बाजी ?

७ चैत्र २०७७, शनिबार २०:३९
Featured Video Play Icon

मकवानपुर, ७ चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा यो साता राजु केसी र डिला बिकसँग प्रिती गिरी र अनुज अधिकारीको दोहोरी भिडन्त हुँदैछ । दुई जोडी प्रतिस्पर्धीहरुको यो दोहोरी भिडन्तबाट एक जोडी प्रतियोगीले मात्र अगाडि बढ्ने मौका पाउनेछ भने अर्को जोडी शोबाट बाहिरिनेछ । उनीहरुको दोहोरी भिडन्त यही शनिबार राति ८ः५० मा प्रसारण हुँदैछ । यी दुबै जोडीहरु लाईभ दोहोरीमा चर्चामा रहेका जोडीहरु हुन् । उनीहरुले फिजिकल अडिसनमा पनि निर्णायकहरुबाट राम्रो प्रतिकृया पाएका थिए । उनीहरुमध्ये कुन जोडीले दोहोरी भिडन्त जित्ला त ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

डिला र राजु दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका नवौँ जोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘खहरेको भेल’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई मिलेको जोडी भन्दै प्रशंसा गरेका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित भईसकेका छन् । डिला धादिङकी र राजु स्याङ्जाका हुन् । राजु राजेश कुँवरका नामले पनि चिनिन्छन् । डिलाको ठेगाना यसअघि फिजिकल अडिसनमा धादिङ लेखिएको थियो तर अहिले दोहोरी ब्याटलको प्रोमोमा भने सुर्खेत भनिएको छ । त्यस्तै प्रिति र अनुज दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका दशौँ जोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘यो मुटुमा आगो जलायो’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुति निक्कै राम्रो भएको बताएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । प्रिति र अनुज लमजुङका हुन् । अनुज संचारकर्मी पनि हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*