दोहोरी च्याम्पियनका उत्कृष्ट २४ जोडीहरु

६ चैत्र २०७७, शुक्रबार ११:४६
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ६ चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा उत्कृष्ट २४ जोडीहरु छानिएका छन् । फिजिकल अडिसनमा सहभागी भएका ३५ जोडी कलाकारहरुमध्ये उत्कृष्ट २४ जोडी कलाकारहरु अघिल्लो राउण्डका लागि छानिएका हुन् । उत्कृष्ट २४ जोडीहरुमा चर्चित कलाकारहरु पनि रहेका छन् जो यसअघि नै चर्चित समेत भईसकेका छन् । यस भिडियो सामग्रीमा उत्कृष्ट २४ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–

१) मानसिंह खड्का र सुनिता बुढा– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पहिलो जोडी हुन् मानसिंह खड्का र सुनिता बुढा । उनीहरुले फिजिकल अडिसनमा ‘संसार घाति छ’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई मनपराउँदै दोहोरी च्याम्पियन बन्ने सम्भावना बोकेका जोडीका रुपमा चर्चा गरेका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । मानसिंह र सुनिता दुबै जना सुर्खेतका हुन् ।
२) सीता घिमिरे र सुयोग सिम्खडा–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका दोस्रो जोडी हुन् सीता घिमिरे र सुयोग सिम्खडा । उनीहरुले फिजिकल अडिसनमा ‘तिम्रै झल्को तिम्रै तिर्सना’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको जोडीलाई र प्रस्तुतिलाई राम्रो भएको भन्दै थप सुधारका लागि सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । सीता पाल्पाकी र सुयोग धादिङका हुन् । सुयोग, सरोज नामले पनि चिनिन्छन् ।
३) प्रकाश पराजुली र मीना बुढाथोकी–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका तेस्रो जोडी हुन् प्रकाश पराजुली र मीना बुढाथोकी । उनीहरुले फिजिकल अडिसनमा ‘घुम्दै गयो फुलमा भमरा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई आगामी राउण्डहरुमा अझै सुधार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।. प्रकाश स्याङ्जाका र मीना दाङकी हुन् ।

४) तारा थापा र टेकराज भण्डारी–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका चौथो जोडी हुन् तारा थापा र टेकराज भण्डारी । उनीहरुले फिजिकल अडिसनमा ‘फुलमा माहुरी’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई राम्रो भन्दै अझ कन्फिडेन्टका साथ दोहोरी प्रस्तुत गर्न सुझाव दिएका थिए । तारा र टेकराज दुबै जना लाईभ दोहोरीमा चर्चामा रहेको नाम हो । तारा बाग्लुङकी र टेकराज दैलेखका हुन् ।
५) जीवन सिग्देल र अस्मिता डल्लाकोटी–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पाँचौँ जोडी हुन् जीवन सिग्देल र अस्मिता डल्लाकोटी । उनीहरुले फिजिकल अडिसनमा ‘यो मुटुमा आगो जलायो’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । रोमान्टिक टुक्काहरु सहित दोहोरी भाका प्रस्तुत गरेका उनीहरुलाई निर्णायकहरुले रुचाएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित नाम पनि हुन् । अस्मिता, अस्मिता डिसीका नामले पनि चिनिन्छिन् । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् ।
६) बिमाकुमारी बिक र सुरेन्द्र फ्याली मगर– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका छैटौँ जोडी हुन् बिमाकुमारी बिक र सुरेन्द्र फ्याली मगर । उनीहरुले फिजिकल अडिसनमा ‘वनको काफल बनकै चरिलाई’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई शुभकामना दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । बिमाकुमारी दोलखाकी र सुरेन्द्र धादिङका हुन् ।

७) बसन्त बिक र पवित्रा मगर–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सातौँ जोडी हुन् बसन्त बिक र पवित्रा मगर । उनीहरुले फिजिकल अडिसनमा ‘झ्यालमा पर्दा छ’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । उनीहरुले दोहोरीमा केही सुधार गर्नुपर्ने भन्दै निर्णायकहरुले सुझाव दिएका थिए । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । बसन्त र पवित्रा दुबै जना लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् ।
८) शर्मिला थापा र प्रशान्त तामाङ– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका आठौँ जोडी हुन् शर्मिला थापा र प्रशान्त तामाङ । उनीहरुले फिजिकल अडिसनमा ‘हङकङ आईडीले’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई निक्कै मनपराएका थिए । उनीहरुको प्रस्तुति गज्जबको भएको भन्दै दोहोरी च्याम्पियनका लागि योग्य भएको पनि निर्णायकहरुले बताए । शर्मिला र प्रशान्त लमजुङका हुन् ।
९) राजु केसी र डिला बिक– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका नवौँ जोडी हुन् राजु केसी र डिला बिक । उनीहरुले फिजिकल अडिसनमा ‘धौलागिरीमा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई मिलेको जोडी भन्दै प्रशंसा गरेका थिए । विजय र सपना दुबै गायकका रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित नाम पनि हो । डिला धादिङकी र राजु स्याङ्जाका हुन् । राजु राजेश कुँवरका नामले पनि चिनिन्छन् ।

१०) प्रिती गिरी र अनुज अधिकारी– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका दशौँ जोडी हुन् प्रिती गिरी र अनुज अधिकारी । उनीहरुले फिजिकल अडिसनमा ‘यो मुटुमा आगो जलायो’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुति निक्कै राम्रो भएको बताएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । प्रिति र अनुज लमजुङका हुन् । अनुज संचारकर्मी पनि हुन् ।
११) यज्ञ भट्टराई र शर्मिला बिसी– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका एघारौँ जोडी हुन् यज्ञ भट्टराई र शर्मिला बिसी । उनीहरुले फिजिकल अडिसनमा ‘तानसेनको मिनीबस’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई सकरात्मक टिप्पणी दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । यज्ञ स्याङ्जाका र शर्मिला बागलुङकी हुन् ।
२) जालुमाया गुरुङ र पिताम्बर पोख्रेल– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बाह्रौँ जोडी हुन् जालुमाया गुरुङ र पिताम्बर पोखरेल । उनीहरुले फिजिकल अडिसनमा ‘गोरखाकालिका’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई अझै थप मेहनत गर्न सल्लाह दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चलेका प्रतियोगीहरु हुन् । जालु रोल्पाकी र पिताम्बर दाङका हुन् ।

१३) बालचन्द्र बराल र शोभा कुमारी खड्का– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका तेह्रौँ जोडी हुन् बालचन्द्र बराल र शोभा कुमारी खड्का । उनीहरुले फिजिकल अडिसनमा ‘कालिपारे दाई’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । उनीहरु पनि लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । बालचन्द्र नवलपराशीका र शोभा गुल्मीकी हुन् ।
१४) मिना नेपाल र राजेन्द्र पाठक– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका चौधौँ जोडी हुन् मिन नेपाल र राजेन्द्र पाठक । उनीहरुले फिजिकल अडिसनमा ‘नरोऊ माया सम्झेर मलाई’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई निर्णायकहरुले निक्कै रुचाएका थिए । राजेन्द्रले निर्णायक सिता थापासँग दोहोरी पनि गाएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । मिना ओखलढुङ्गाकी र राजेन्द्र नुवाकोटका हुन् ।
१५) श्यामबहादुर राना र बबिता गुरुङ– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका पन्ध्रौँ जोडी हुन् श्यामबहादुर राना र बबिता गुरुङ । उनीहरुले फिजिकल अडिसनमा ‘यो मायाको संसार विचित्र’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई राम्रो भएको बताए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । श्याम र बबिता दुबै स्याङ्जाका हुन् ।

१६) रीता राउत क्षेत्री र सविन आचार्य– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सोह्रौँ जोडी हुन् रिता राउत क्षेत्री र सविन आचार्य । उनीहरुले फिजिकल अडिसनमा ‘फुलबुट्टे रुमालमा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । रिता दाङकी र सविन पाँचथरका हुन् ।
१७) चिजकुमार गुरुङ र देवी आले– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका सत्रौँ जोडी हुन् चिजकुमार गुरुङ र देवी आले । उनीहरुले फिजिकल अडिसनमा ‘सारै राम्री छौ’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई राम्रो प्रतिकृया दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । चिजकुमार र देवी गोरखाका हुन् ।
१८) मनिषा बिक र सुनिल बिक–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका अठारौँ जोडी हुन् मनिषा बिक र सुनिल बिक । उनीहरुले फिजिकल अडिसनमा ‘आफ्नै मन घाईते बनाछु’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई प्रशंसा गर्नुका साथै नडराईकन प्रस्तुति दिन पनि सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । मनिषा लमजुङकी र सुनिल चितवनका हुन् । सुनिल, अनिल सुनारका नामले पनि परिचित छन् ।

१९) शंकर क्षेत्री र बबिता बानिया (जेरी)–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका उन्नाईसौँ जोडी हुन् शंकर क्षेत्री र बबिता बानिया (जेरी) । वास्तवकि जीवनमा समेत वास्तविक जोडीकै रुपमा रहेका उनीहरु छोरीलाई समेत लिएर फिजिकल अडिसनमा पुगेका थिए । उनीहरुले फिजिकल अडिसनम ‘रातो घलेकीमा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको दोहोरीमा लगाव भएको भन्दै प्रशंसा गरेका थिए । शंकर र बबिता दुबै गायकका रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित नाम पनि हो । बबिता जेरीका रुपमा भाईरल समेत भईसकेकी छिन् । शंकर बबिता बाँकेका हुन् । बबिताको माईतिघर भने गोरखा जिल्लामा पर्छ ।
२०) टीकामाया फ्याली र दिलिप थापा मगर– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बिसौँ जोडी हुन् टिकामाया फ्याली र दिलिप थापा मगर । उनीहरुले फिजिकल अडिसनमा ‘घुम्दै आयो फुलमा भमरा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई मिठो प्रस्तुति भनेका थिए । उनीरु लाईभ दोहोरीमा चर्चित छन् । टिकामाया धादिङकी र दिलिप कैलालीका हुन् ।
२१) सज्जन रोका र कल्पना दाहाल– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका एक्काईसौँ जोडी हुन् सज्जन रोक्का र कल्पना दाहाल । उनीहरुले फिजिकल अडिसनमा ‘चाँगुनारायण थान’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुझाव समेत दिएका थिए । उनीहरु चर्चित गायक गायिका हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दुबै जना सिन्धुपाल्चोक निवासी हुन् । सज्जन प्रदिपका नामले पनि परिचित छन् ।

२२) लक्ष्मी बस्नेत र विक्रम बाबु विश्वकर्मा– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बाईसौँजोडी हुन् लक्ष्मी बस्नेत र बिक्रमबाबु विश्वकर्मा । उनीहरुले फिजिकल अडिसनमा ‘म त तिम्रो भरैमा परेको’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुधार गर्नलाई सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । लक्ष्मी नवलपरासीकी र विक्रम गुल्मीका हुन् ।
२३) विजय बानियाँ र सपना रोका बुढाथोकी–दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका तेईसाँै जोडी हुन् विजय बानियाँ र सपना रोका बुढाथोकी । उनीहरुले फिजिकल अडिसनमा ‘धौलागिरीमा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई मिलेको जोडी भन्दै प्रशंसा गरेका थिए । विजय र सपना दुबै गायकका रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित नाम पनि हो । सपना स्याङ्जाकी र विजय गोरखाका हुन् ।
२४) सुस्मा शाही ठकुरी र किरण बिसी– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका चौबिसौँ जोडी हुन् सुस्मा शाही ठकुरी र किरण बिसी । उनीहरुले फिजिकल अडिसनमा ‘घुम्दै आयो फुलमा भमरा’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिलाई राम्रो भएको भन्दै केही सुधार गर्नपनि सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । सुस्मा तनहुँकी र किरण बाग्लुङका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*