द भोईस अफ नेपालमा ‘तारा’का लागि कोचहरुको घम्साघम्सी

५ चैत्र २०७७, बिहीबार ११:३५
Featured Video Play Icon

मकवानपुर, ५ चैत । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को प्रसारण आउँदो चैत्र ६ गतेदेखि हुँदैछ । हरेक शुक्रबार र शनिबार राति ८ बजे शोको प्रसारण हिमालय टिभीमा हुनेछ । यसैबिच सिजन ३ को प्रोमो केही दिनअघि मात्रै सार्वजनिक भएको छ जसमा एक जना प्रतियोगीलाई आफ्नो टिममा पार्नका लागि कोचहरुको तानातान नै भएको छ । प्रोमो हेर्दा ‘तारा’ नाम गरेकी उक्त प्रतियोगीले ब्लाईण्ड अडिसनमा चारै जना निर्णायकहरुलाई आफुतर्फ फर्काउन सफल भएकी छिन् । तर उनलाई आफ्नो टिममा पार्नका लागि चारै जना कोचहरुको घम्साघम्सी परेपछि उनी कुन टिममा जाने भनेर निर्णय गर्ननसक्ने स्थितिमा पुगेको देखिएकी छिन् । हेर्नुहोस् भिडियो–

तारालाई आफ्नो टिममा पार्नका लागि कोच तृष्णा गुरुङ मञ्चमै पुगेकी छिन् । कोचहरु प्रमोद खरेल र राजु लामाले तारालाई आफ्नो टिममा पार्न कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुको साँगितिक जुहारी हेर्न लागयकको देखिन्छ । यता कोच दिप पनि तारालाई आफुतर्फ पार्न मौका कुरेर बसेका छन् ।
यसरी कोचहरुको जुहारी चलिरहँदा ताराले कुन कोचलाई रोजेकी होलिन् ? यसको खुलासा भने आउँदो चैत्र ६ गते नै हुनेछ । सिजन ३ को डिजिटल अडिसनमा विभिन्न देशहरुबाट झण्डै ४० हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि जम्मा १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा सहभागी हुने मौका पाएका थिए । सिजन ३ मा हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् । अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरुले पनि सहभागिता जनाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*