दोहोरी च्याम्पियनका निर्णायकहरु नै भाईरल

४ चैत्र २०७७, बुधबार २१:३९
Featured Video Play Icon

मकवानपुर, ४ चैत्र । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ सुरु भएकै हप्तादेखि भाईरल भएको छ । लोकपारखीहरुमाझ चर्चामा रहेका चर्चित प्रतियोगीहरुलाई निर्णायकहरुले गरेको टिप्पणीका विषयलाई लिएर यतिखेर सामाजिक सञ्जाल तात्तिएको छ । निर्णायकहरुले प्रतियोगीहरुको दोहोरी र व्यक्तिगत विषयलाई लिएर गरेको कमेन्टहरु यतिखेर टिकटकमा भाईरल भएको छ । शोका निर्णायकहरु प्रजापति पराजुली, सिता थापा, चन्द्र शर्मा र रमेश बिजीले गरेका कमेन्टहरु टिकटकमा भाईरल भएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

निर्णायकहरुले कतिपय प्रतियोगीहरुको जोडी नमिलेको, कतिपयको आवाज नभएको, कतिपयको दोहोरी च्याम्पियन बन्ने क्षमता नभएको अनि कतिपयको भेषभुषा नमिलेको जस्ता टिप्पणीहरु गरेका थिए । ती टिप्पणीहरुलाई दर्शकहरुले निर्णायकहरुको रुखो व्यवहार भएको भन्दै कमेन्ट गरेका छन् । कतिपय अग्रज निर्णायकहरुलाई समेत दर्शकहरुले नकरात्मक कमेन्टहरु गर्दै कटाक्ष समेत गरेका छन् ।

हुन त टिकटकमा भाईल भएको क्लिप जस्तै निर्णायकहरुले कडा टिप्पणी मात्र गरेका होईनन् । उनीहरुको कतिपय टिप्पणीहरु निक्कै राम्रा छन् । अनि निर्णायकहरुमा लोक गीतसँगीतका अग्रज व्यक्तित्वहरु भएका कारण उनीहरुको अनुभवका आधारमा पनि सकरात्मक टिप्पणीहरु गरेका छन् ।
दोहोरी च्याम्पियन हरेक शनिबार राति ८ बजेर ५० मा नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण सँस्कृतिको’ स्लोगनसहित दोहोरी च्याम्पियन सुरु भएको हो । लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आलेले ‘दोहोरी च्याम्पियन’ को संचालन गर्दैछन् । ‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*