पुष्पराज ओझाको यति कडा व्यङ्ग्य

४ चैत्र २०७७, बुधबार २१:३०
Featured Video Play Icon

मकवानपुर, ४ चैत । पुष्पराज ओझा पेशाले स्वास्थ्यकर्मी हुन् तर उनको कमेडी प्रस्तुति सुन्दा उनी एक स्वास्थ्यकर्मी हुन् भनेर पत्याउन हरकोहीलाई अप्ठ्यारो हुनसक्छ । किनभने उनको कमेडी प्रस्तुति एक होनहार अनि प्रोफेस्नल कमेडियनको जस्तो सुनिन्छ । जब उनको कमेडी सुरु हुन्छ तब उनका अगाडि भएकाहरु हाँस्दा हाँस्दै ढल्नसम्म सक्छन् । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा पुगेका पुष्पराजले निर्णायकभन्दा सुरुमै सहभागीहरुलाई हँसाएका थिए । फन्नी डान्स गरेर आफ्ना प्रतिस्पर्धीहरुलाई हँसाएका पुष्पराजले निर्णायकहरुलाई मुर्छा पर्नेसम्म हँसाए । हेर्नुहोस् भिडियो–

पेट बढेर ठूलो भएको प्रसंग निकालेका पुष्पराजले बिबिसी नेपाली सेवाको समाचार प्रस्तोताको आवाज हुबहु निकाले । अनि यसका चर्चित संवाददाता बृजकुमार यादवको आवाजलाई पनि दुरुस्तै निकाले । त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा वलीको आवाज पनि हुबहु निकालेका थिए । धनकुटा निवासी पुष्पराजले फिजिकल अडिसनमा समावेश गरेका पात्रहरुको हाँस्यव्यङ्ग्यलाई निर्णायकहरुले मन पराएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*