बिक्कीको कमेडीले निर्णायकहरु नै मुर्छा

४ चैत्र २०७७, बुधबार २१:२१
Featured Video Play Icon

मकवानपुर, ४ चैत । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा तहल्का मच्चाएका बिक्की अग्रवाल अहिले चर्चाको शिखरमा छन् । फिजिकल अडिसनमा गोल्डेन की पाएर उत्कृष्ट २४ मा पुगेका बिक्की सिजन २ कै ऐतिहासिक प्रतियोगीका रुपमा पनि परिचित भइसकेका छन् । उनी सिजन २ का पहिलो गोल्डेन कि विजेता हुन् । बिक्कीले फिजिकल अडिसनमा आफैमाथि व्यङ्ग्य गरेका थिए । आफ्नो जन्म र नामका विषयबाट कमेडी सुरु गरेका उनले आफ्नो सुन्दरताका बारेमा पनि व्यङ्ग्य गरेका थिए । उनले नेपाली मिति र ईस्वी संवतका बारेमा पनि कडा व्यङ्ग्य गर्दै निर्णायकहरुप्रति नै कटाक्ष हानेका थिए । जसका कारण निर्णायकहरुले उनलाई गोल्डेन कि सहित स्वागत गरेका थिए । हेर्नुहोस् भिडियो–

आफैमाथि व्यङ्ग्य गरेपछि बिक्कीले नेपाली भाषाको एउटा विशेषताका बारेमा कडा व्यङ्ग्य गरेका थिए । नेपाली भाषालाई एक्स्प्रेसिभ भाषा भन्दै उनले रमाईलो प्रस्तुति दिएका थिए । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका थिए । भारतको सिक्किम निवासी बिक्की फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी युट्युबर समेत हुन् । सिक्किममा धेरै स्टेज शो गरिसकेका बिक्की सिक्किमममा निक्कै चर्चित पनि छन् । उनको टिमले सिक्किममा कमेडी सर्कलको आयोजना समेत गर्दै आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*