मकवानपुरे सञ्चारकर्मी राजेश गरिब प्रेस संयोजकमा नियुक्त

३ चैत्र २०७७, मंगलवार ११:१०

मकवानपुर, ३ चैत । मकवानपुरे संचारकर्मी राजेश थापा ‘गरिब’ मञ्जुश्री असहाय संरक्षण केन्द्र , बागमती प्रदेशको प्रेस संयोजकमा चयन भएका छन् । वि.सं. २०७२ सालमा स्थापना भएर महिला तथा बालकालिकाको क्षेत्रमा कार्य गर्दै आएको संरक्षण केन्द्र बागमती प्रदेश प्रेस संयोजकमा गरिब चयन भएका हुन् ।

‘महिला तथा बालबालिका विरुद्ध हुने हिँसा र शोषणको अन्त्य गरौँ’ भन्ने नारा सहित संस्थाको स्थापना भएको हो । संस्थाकी केन्द्रिय अध्यक्ष मञ्जु खाँडको नेतृत्वमा रहेको संरक्षण केन्द्र चितवनको छैठौँ वार्षिक उत्सवको अवसर पारेर गएको भदौ २६ गते हेटौँडा शाखाको पनि उद्घाटन गरिएको थियो । सम्पुर्ण कुमारी सिग्देलको अध्यक्षतामा हेटौँडा शाखाको उद्धघाटन गरिएपछि अनलाईन पत्रिका लालखबर डटकमका गरिबलाई यसअघि नै हेटौँडा शाखाको प्रेस संयोजकमा चयन गरिएको थियो । हाल उनलाई बागमती प्रदेश प्रेस संयोजकमा मनोनित गरिएको हो ।

रेडियो पत्रकारिताका साथै विभिन्न संचारमाध्यमहरुमा अनुभव बटुलिसकेका गरिब लामो समयदेखि हेटौँडामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् । उनी हाल मकवानपुरबाट संचालित लोकप्रिय अनलाईन पत्रिका ‘लाल खबर डटकम’ मा कार्यरत छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*