एलिसको कमेडीमा ‘डेरावाला जीवनदेखि नेतासम्म’ लाई व्यङ्ग्य

४ चैत्र २०७७, बुधबार २१:१४
Featured Video Play Icon

मकवानपुर, ४ चैत । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा झापाका एलिस भट्टराईले विद्यार्थीको डेरावाला जीवनदेखि नेताको आचरणसम्म व्यङ्ग्य गरेका छन् । सुरुमा विद्यार्थी जीवनका क्रममा कोठामा बस्दाको समस्या र त्यसबेलाको जीवनका बारेमा उनले व्यङ्ग्य गरेका थिए । विद्यार्थी जीवनका समयमा खाना बनाउन र कपडा धुनुको पिडासँगै उनले विभिन्न प्रसंगलाई कोट्याएका थिए । हेर्नुहोस् भिडियो–

विद्यार्थी जीवनको कटाक्षपछि उनले राजनीतिक कटाक्ष पनि गरेका थिए । उनले कुन मन्त्रालय कुन नेतालाई दिँदा ठिक होला भन्ने विषयमा व्यङ्ग्य गरेका थिए । एलिश कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका आठौँ प्रतियोगी हुन् । उनले एग्रिकल्चर तथा फरेष्ट्रि अध्ययन गरेका छन् । उनले कमेडी युट्युब च्यानलसमेत चलाउने गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*