मिस तामाङकी फर्स्ट रनर अप बनिन् सिराहाकी चेली पेमा पाख्रिन तामाङ

२९ फाल्गुन २०७७, शनिबार २२:१४
Featured Video Play Icon

मकवानपुर, २९ फागुन । मिस तामाङ २०२१ मा सिराहाकी चेली पेमा पाख्रिन तामाङले फर्स्ट रनर अपको ताज जितेकी छिन् । उनले क्राउनसहित नगद ५० हजारका साथमा विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छिन् । फर्स्ट रनर अपको क्राउन सहित पेमाले मिस भ्युअर्स चोईस अवार्ड पनि प्राप्त गरेकी थिईन् । मधेसको मुटुका रुपमा परिचित सिराहा जिल्लाको गोलबजार नगरपालिका निवासी पेमाले मिस तामाङ २०२१ को प्रतियोगी नम्बर ३ का रुपमा प्रतिस्पर्धामा उत्रिएकी थिईन् । सृजना स्कूल गोलबजारबाट अध्ययन गरेकी पेमाले सेन्ट लरेन्स कलेजबाट पनि अध्ययन गरेकी छिन् । संघर्षमा विश्वास गर्ने पेमाले मिस तामाङलाई एउटा सुनौलो यात्राका रुपमा लिएकी छिन् । मिस तामाङमा पाएको सफलतालाई समेट्दै उनले ईन्टरनेशनल एयरहोस्टेस बन्ने लक्ष्य राखेकी छिन् । सामाजिक सेवामा रुचि राख्ने पेमाले मिस तामाङमा सहभागी हुनुअघि देखि नै लायन्स क्लब अफ ईन्टरनेशनलमा आवद्ध भएर सामाजिक सेवा गरिरहेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–

अडिसनहुँदै उत्कृष्ट २३ मा पुगेकी पेमाले प्रिजजिङ राउण्ड पार गर्दै उत्कृष्ट १० अर्थात सेमिफाईनलमा आफुलाई पुराउन सफल भएकी थिईन् । उनी उत्कृष्ट १० मा पुग्ने पहिलो प्रतियोगी पनि हुन् । ईन्ट्रोडक्सन राउण्डबाटै हुटिङ पाएकी पेमाले उत्कृष्ट १० मा निर्णायक वर्षा लेखीको प्रश्नको सामना गरेकी थिईन् । उनलाई उत्कृष्ट १० मा वर्षाले ‘कोभिड १९ महामारीबाट मानव जातिले सिकेको सबैभन्दा ठूलो पाठ के होला ?’ भनेर सोधेकी थिईन् । उनको प्रश्नको जवाफमा पेमाले दिएको जवाफले निर्णायक सहित दर्शकहरुको मन जितेको थियो । पेमाले कोभिड १९ महामारीका कारण सिकेको पाठका रुपमा हामीले आफैले आफैलाई माया गर्नुपर्ने, आफैलाई समय दिनुपर्ने र आफ्नो महत्व बुझ्नुपर्नेमा जोड दिएकी थिईन् ।

उनले फाईनल राउण्डमा प्रमुख निर्णायक प्रदिप बम्जनको प्रश्नमा मनछुने जवाफ दिएकी थिईन् । प्रमुख निर्णायकले फाईनलमा पुगेका पाँचै जना प्रतियोगीहरुलाई ‘मिस तामाङको विजेता हुनुभएमा आफ्नो समुदायको लागि महत्वपूर्ण ३ वटा कार्यहरु के–के गर्नुहुन्छ र किन गर्नुहुन्छ ?’ भनेर सोधेका थिए । निर्णायकको जवाफमा पेमाले आफु विजेता भएमा अग्रज मिस तामाङहरुले सुम्पने जिम्मेवारी निभाउने बताएकी थिईन् । साथै व्यक्तिगत तवरमा आफुले निभाउनुपर्ने भूमिकालाई असल मिस तामाङका रुपमा निभाउने बताएकी थिईन् । त्यस्तै उनले आफुले शिक्षामा जोड दिने बताउँदै शिक्षालाई सकरात्मक परिवर्तन ल्याउने हतियारका रुपमा व्याख्या गरेकी थिईन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो समुदायको भेषभुषाको प्रचारप्रसार तथा संरक्षण गर्ने बताएकी थिईन् । यही जवाफले उनलाई मिस तामाङ २०२१ को फर्स्ट रनर अप बनाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*