दोहोरी च्याम्पियनको लागि २४ जोडी चयन, शनिबारदेखि प्रसारण हुँदै

२९ फाल्गुन २०७७, शनिबार १६:४६
Featured Video Play Icon

मकवानपुर, २९ फागुन । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ का लागि २४ जोडी कलाकारहरु चयन भएका छन् । डिजिटल अडिसनबाट उनीहरुलाई चयन गरिएको हो । शो यही शनिबार राति ८ बजेर ५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण सँस्कृतिको’ स्लोगनसहित दोहोरी च्याम्पियन हुन थालेको हो । दोहोरी च्याम्पियनको प्रोमोहरु सार्वजनिक भएसँगै यो शो निक्कै रोचक हुने देखिएको छ । शोमा दोहोरी पारखीहरुले भाग लिएका छन् । हेर्नुहोस् भिडियो–

फागुन १ गतेदेखि ८ गनेसम्म यसको डिजिटल अडिसन राखिएको थियो । लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आलेले ‘दोहोरी च्याम्पियन’ को संचालन गर्नेछन् । शोको निर्णायकहरुमा प्रजापति पराजुली, सिता थापा, चन्द्र शर्मा र रमेश बिजी रहेका छन् । अडिसनमा सहभागिताका लागि एक जना पुरुष र एक जना महिला कलाकारको टिम बनाईको छ । शोको शुभारम्भ नेपाल टेलिभिजनको स्टुडियोमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गरिसकेका छन् ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरीबाट २४ कलाकार टोलीहरु छनौटमा परेका छन् । शो २८ भागसम्म प्रसारण हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*