मिस तामाङ २०२१ : सफलता थिङ तामाङ भोटिङमा अगाडि, पेमाले टक्कर दिँदै

२८ फाल्गुन २०७७, शुक्रबार ०७:५३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २८ फागुन । मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा काभ्रेकी सफलता थिङ तामाङले सर्वाधिक भोट प्राप्त गर्दै आफुलाई शिर्षस्थानमा कायम राख्न सफल भएकी छिन् । फेसबुकमार्फत भएको भोटिङमा यो सामग्री तयार पार्दाको समयसम्म सफलता पहिलो नम्बरमा छिन् । हुन त शुक्रबार हुने फाईनलसम्म पुग्दा पब्लिक चोईस अवार्डमा कसले बाजी मार्ला भनेर एकिनका साथ भन्नसक्ने अवस्था छैन । तर यो सामग्री तयार पार्दाको समयसम्म भने पब्लिक चोईस अवार्डको दाबेदारका रुपमा सफलता नै देखिएकी छिन् । बिहिबार दिउँसो ४ बजेसम्मको अपडेट अनुसार सफलताको तस्बिरमा १ हजार १ सय ३४ वटा लाईक र १ हजार वटा कमेन्टहरु गरिएका छन् । त्यस्तै उनको तस्बिरलाई १ हजार ५ सय १६ पटक शेयर गरिएको छ । लाईक, कमेन्ट र शेयर जोड्दा सफलताले जम्मा ३ हजार ६ सय ५० अंक प्राप्त गरेकी छिन् । सफलता कानुनकी विद्यार्थी समेत हुन् । उनले काठमाडौँ मोडल कलेजबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १ हुन् । हेर्नुहोस् भिडियो सामग्री–

त्यस्तै सिराहाकी पेमा पाख्रिन तामाङ पनि सफलतालाई चुनौति दिँदै अगाडि बढेकी छिन् । सफलताको एकमात्र प्रतिस्पर्धीका रुपमा पेमा देखिएकी छिन् । बिहिबार दिउँसो ४ बजेसम्मको अपडेट अनुसार पेमाको तस्बिरमा १ हजार १२ वटा लाईक र ६ सय १६ वटा कमेन्टहरु गरिएका छन् । त्यस्तै उनको तस्बिरलाई १ हजार ४४ पटक शेयर गरिएको छ । लाईक, कमेन्ट र शेयर जोड्दा पेमाले जम्मा २ हजार ६ सय ७२ अंक प्राप्त गरेकी छिन् । अंकका आधारमा पेमा सफलताभन्दा एक हजार अंकले पछाडि छिन् । सृजना स्कूल गोलबजारबाट अध्ययन गरेकी पेमाले सेन्ट लरेन्स कलेजबाट पनि अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ३ हुन् ।

मिस तामाङ २०२१ को फाईनल यहि फागुन २८ गते शुक्रबार हुँदैछ । शुक्रबार दिउँसो होटल र्याडिसनमा हुने फाईनलमा उत्कृष्ट २३ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट २३ मा परेका मिस तामाङ २०२१ का प्रतियोगीहरुलाई फेसबुक भोटिङ अर्थात लाईक, कमेन्ट र शेयरका आधारमा पब्लिक चोईस अवार्ड पनि प्रदान गरिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*