क्यारिकेचर गरेरै निर्णायकहरुको मन जिते सुदर्शन भाइले

२६ फाल्गुन २०७७, बुधबार ०६:४१
Featured Video Play Icon

मकवानपुर, २६ फागुन । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा ईलामका सुदर्शन भाई सुवेदीले क्यारिकेचर गरेरै निर्णायकहरुको मन जितेका छन् । उनले फिजिकल अडिसनमा महानायक राजेश हमाल, भष्मे डन, हरिवंश आचार्यको हरिबहादुर, पाँडे, रवि लामिछाने, भाग्य न्यौपाने, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा वली लगायतका चर्चित व्यक्तित्वहरुको आवाजलाई क्यारिकेचर गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–

सुदर्शनको कमेडी पश्चात निर्णायक सन्तोष पन्तले उनको भविष्य निक्कै राम्रा भएको बताएका थिए । सानै उमेरमा ट्यालेन्ट भएको भन्दै उनले कन्टेटमा अझै मेहनत गरेमा धेरै राम्रो हुने पनि उनले बताए । सुदर्शन कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका सातौँ प्रतियोगी हुन् । सुदर्शन एक युट्युबर पनि हुन् । उनी ईनडेप्थ स्टोरी नामक युट्युब च्यानल पनि संचालन गर्छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*