र्यापर, कमेडियन र साहित्यकार ‘दर्पण शर्मा’ को यस्तो कमेडी

२६ फाल्गुन २०७७, बुधबार ०६:३६
Featured Video Play Icon

मकवानपुर, २६ फागुन । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा कैलालीका दर्पण शर्माले तहल्का मच्चाउन सफल भएका छन् । उनले विद्यालय जिवनको बारेमा व्यङ्ग्य सुरु गर्दै सरकारी विद्यालय र बोर्डिङ स्कूलहरका बारेमा व्यङ्ग्य प्रस्तुत गरेका थिए । व्यङ्ग्य गर्दै हँसाएका दर्पणले पछि र्याप गीत पनि प्रस्तुत गरेका थिए । उनले र्याप गायनका समयमा ससुरा फकाउने गीत पनि प्रस्तुत गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–

१७ वर्षीय दर्पण कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका सत्रौँ प्रतियोगी हुन् । उनी कैलाली निवासी हुन् । दर्पण कमेडियन मात्र नभई र्यापर तथा साहित्यकार पनि हुन् । दर्पणले १६ वर्षकै उमेरमा ‘कलिको कला’ उपन्यास लेखेर धनगढीबाट सार्वजनिक गरेका थिए । १७ वर्षीय दर्पण अहिले ‘लभ फ्याकल्टी’ शिर्षकको उपन्यास पनि तयार पार्दैछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*