हिक्मतको कमेडीमा ऋचाको स्टाण्डिङ अवेशन

२६ फाल्गुन २०७७, बुधबार ०६:२८
Featured Video Play Icon

मकवानपुर, २६ फागुन । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनको प्रसारण सुरुवात भएको छ । फिजिकल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले निर्णायकहरुलाई पेट मिचिमिच हाँस्न बाध्य पारेका छन् । यसैबिच कमेडी च्याम्पियनको फिजिकल अडिसनमा कञ्चनपुरका हिक्मत महराले निर्णायक ऋचा शर्माबाट स्टाण्डिङ अवेशन प्राप्त गरेका छन् । फिजिकल अडिसनको पहिलो प्रतियोगीका रुपमा सहभागी भएका हिक्मतले निर्णायकहरुलाई राजनीतिक कटाक्ष गर्दै हँसाएका थिए । उनले राजनीतिक आन्दोलन, उखु किसानको आन्दोलनदेखि अध्यादेशसम्म व्यङ्ग्य गरेका थिए । हेर्नुहोस् भिडियो–

हिक्मतको प्रस्तुतिपश्चात निर्णायक ऋचा शर्माले स्टाण्डिङ अवेशन दिँदै ताली बजाएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले राम्रो प्रतिक्रिया दिएका थिए । हिक्मत कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगिसकेका प्रतियोगी हुन् । उनी बैतडी निवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*