नारी दिवसको अवसरमा हेटौँडामा वृहत र्याली

२४ फाल्गुन २०७७, सोमबार १७:४९

मकवानपुर, २४ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार हेटौँडामा बृहत र्याली आयोजना गरिएको छ । महिला तथा बालबालिका सरोकार केन्द्रको आयोजना, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ टोल विकास समिति र पैरवी समुह मकवानपुरको सहकार्यमा बृहत र्याली गरिएको हो । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गूठी विशालनगर , काठमाडौं को प्रायोजनमा र्याली भएको हो ।

हुप्रचौरबाट सुरु भएको र्याली बुद्धचोकमा कोणसभामा परिणत भई समापन गरिएको महिला तथा बालबालिका सरोकार केन्द्रकी सचिव एलिना स्याङ्बोले जानकारी दिएकी छिन् । र्यालीले हुप्रचौरबाट सिमाचोक, टिसिएन रोड, जिल्ला प्रहरी कार्यालय, राप्तिरोड हुँदै बुद्धचोकसम्म परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरुले महिला अधिकारका विषयमा विभिन्न प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

र्यालीमा महिला अधिकारकर्मी तथा एसिड आक्रमणको सामना गरेकी विन्दावासिनी कंशाकार, फ्रेण्ड्स हेटौँडाका किरण थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*