नेपालकै पहिलो मिस तामाङ जेनिशा मोक्तानको जीवनकथा

२३ फाल्गुन २०७७, आईतवार २०:२९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २३ फागुन । नेपालमा मिस तामाङ एउटा चर्चित सुन्दरी प्रतियोगिताका रुपमा स्थापित छ । सन् २००६ देखि सुरु भएको यो प्रतियोगिता विभिन्न समयमा परिष्कृत हुँदै सन् २०२१ सम्म आईपुगेको छ । यसैबिच हामी आज तपाईहरुमाझ नेपालकै पहिलो मिस तामाङ विजेता जेनिशा मोक्तानका बारेमा छोटो जानकारी दिँदैछौँ । जेनिशा नेपालको ईतिहासमा पहिलो मिस तामाङका रुपमा परिचित छिन् । उनको व्यक्तित्व, प्रेमसम्बन्ध र विवाहका बारेमा यस भिडियोमा चर्चा गर्दैछौँ । कृपया भिडियो पुरै हेरिदिनुहोला । हेर्नुहोस् भिडियो–

जेनिशा मोक्तान पहिलो मिस तामाङ हुन् । उनले सन् २००६ मा मिस तामाङको ताज जितेकी थिईन् । त्यतिमात्र नभई उनले सन् २००९ मा मिस नेपालको ताज पनि जितेकी थिईन् । मिस नेपाल २००९ मा मिस बेष्ट वाकको उपाधि समेत जितेकी जेनिशाले मिस नेपालमा सहभागी हुनु पूर्व नै सन् २००९ मै मिस काठमाण्डुको ताज पनि जितेकी थिईन् ।

काठमाडौँ निवासी जेनिशाको जन्म २७ मे १९८९ मा भएको हो । युकेबाट एमबीए गरेकी जेनिशाले व्यवसायी दिकेश मल्होत्रासँग प्रेम विवाह गरेकी छिन् । जेनिशाकी एउटा छोरी छिन् । उनी दिया मल्होत्रा हुन् । उनले ‘मेरो एउटा साथी छ’ चलचित्रमा पहिलो पटक अभिनय गरेकी थिईन् । उनले केही चर्चित म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन् । उनी डिएम फाउण्डेसनका निर्देशक हुन् । जेनिशाका बुवा जीवनसिंह लामा र आमा बिमला राई हुन् ।
जेनिशाले मिस नेपाल भएसँगै सबैमाझ चर्चा बटुलेकी थिईन् । जेनिशाले मिस नेपाल भएपछि दिकेशलाई भेटेका थिए । नायिका प्रियंका कार्कीकी मिल्ने साथीका रुपमा रहेकी जेनिशाले प्रियंकासँगै कार्यक्रममा सहभागी हुँदा दिकेशलाई भेटेका थिए । भेट भएको केही हप्तामा नै एकअर्कासँग नजिकिएका जेनिशा र दिकेशले प्रेमपश्चात सँगै युकेमा गएर अध्ययन समेत गरेका थिए । उनीहरुले लामो प्रेम सम्बन्धलाई अन्तत विवाहमा परिणत गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*