नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ आउँदै

२२ फाल्गुन २०७७, शनिबार १८:३४
Featured Video Play Icon

मकवानपुर, २२ फागुन । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ छिट्टै प्रसारण हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण सँस्कृतिको’ स्लोगनसहित दोहोरी च्याम्पियन हुन थालेको हो । दोहोरी पारखीहरुले प्रतियोगितामा भाग लिनसक्नेछन् । नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन समेत भईसकेको छ । फागुन १ गतेदेखि ८ गनेसम्म यसको डिजिटल अडिसन राखिएको थियो । लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आलेले ‘दोहोरी च्याम्पियन’ को संचालन गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–

शोको निर्णायकहरुमा प्रजापति पराजुली, सिता थापा, चन्द्र शर्मा र रमेश बिजी रहेका छन् । अडिसनमा सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको कलाकारको टिम बनाई कम्तिमा ४–४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनुपर्ने नियम बनाईएको थियो । ‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । फागुन महिनामै शोको प्रसारण आरम्भ हुने गरी प्रोडक्सन टिम अघि बढेको थियो । तर यस शोको प्रसारण हुने मिति तय भएको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*