हल अफ फेम सिजन ३ को अडिसन सुरु

२२ फाल्गुन २०७७, शनिबार १८:१७
Featured Video Play Icon

मकवानपुर, २२ फागुन । अन्तराष्ट्रिय गायन प्रतियोगिता हल अफ फेम सिजन ३ को अडिसन सुरु भएको छ । हल अफ फेमको सिजन २ को सफलतासँगै एमएन टिभी अष्ट्रेलियाले पून सिजन ३ को अडिसन सुरु गरेको हो । हल अफ फेम सिजन ३ मा सहभागी हुन चाहाने प्रतियोगीहरुले सादा ब्याकराउण्डमा कुनै पनि गीतको ट्रयाकमा गीत गाएको भिडियो रेकर्ड गरी ईन्फो एट एमएनटिभी अनलाईन डटकममा ईमेल गर्नुपर्नेछ । भिडियोसँगै सहभागीले आफ्नो ईमेल ठेगाना, फोन नम्बर र आफु बस्दै गरेको ठेगाना पनि पठाउनुपर्नेछ । प्रतियोगिताको बारेमा थप जानकारी एमएनटिभी अष्ट्रेलियाको फेसबुक पेजबाट पनि लिन सकिन्छ । प्रतियोगितामा जुनसुकै देशमा बसेका नेपाली भाषीहरुले गीत गाएर सहभागी हुनसक्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–

यस अघि हल अफ फेमको सिजन २ केही साता अघि मात्रै ईलामका टिका मगरले जितेका थिए । उनले फाईनलमा पुगेका पूर्ण विक र विजय सुनारलाई पछि पार्दै जीत हासिल गरेका हुन् । टाईटल जितेसँगै टिकाले अष्ट्रेलियामा सांगितिक टुरका साथै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । उनले ट्रफीका साथमा एउटा म्युजिक एल्बम निकाल्ने अवसर पनि पाएका छन् । शोको सेकेण्ड रनर अप विजय सुनार र फर्स्ट रनर अप पुर्ण विक भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*