मिस तामाङ २०२१ मा ‘मोस्ट पपुलर अवार्ड’का लागि ‘ग्लोबल अनलाईन पे’बाट भोट गर्ने तरिका

२२ फाल्गुन २०७७, शनिबार १८:०४
Featured Video Play Icon

मकवानपुर, २२ फागुन । मिस तामाङ २०२१ मा विभिन्न सबटाईटल अवार्डहरुका लागि प्रतिपस्र्धाहरु हुँदैछ । यही फागुन २७ गते फाईनल तय भएको मिस तामाङको ताजको लागि २३ जना तामाङ सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । २३ जना प्रतियोगीहरुमध्ये १ जना प्रतियोगीले मोस्ट पपुलर अवार्ड प्राप्त गर्नेछन् । त्यसका लागि दर्शकहरुले ग्लोबल अनलाईन पेमार्फत भोट गर्न सक्छन् । उनीहरुलाई कसरी भोट गर्ने त ? आउनुहोस् यस बारेमा चर्चा गरौँ । हेर्नुहोस् भिडियोबाट पुरा जानकारी–

–सबैभन्दा सुरुमा ग्लोबल अनलाईन पे डटकमको वेबसाईटमा गएर ईभेन्टमा क्लिक गर्नुहोस् । अथवा तपाईले सिधै ग्लोबलअनलाईनपे डटकम/ईभेन्ट्स टाईप गरेर वेबसाईटमा जानसक्नुहुन्छ ।
–त्यसपछि मुनि स्क्रोल गर्दै जाँदा तपाईले तेस्रो लाईनमा मिस तामाङ २०२१ लेखिएको देख्नुहुनेछ । त्यहाँ भोट गर्न बाँकी रहेको समयको पनि जानकारी दिइएको हुन्छ । अब मिस तामाङ २०२१ लेखिएको तस्बिरमा क्लिक गर्नुहोस् ।
–यसरी क्लिक गरेपछि तपाईले त्यहाँ उत्कृष्ट २३ प्रतियोगीहरुको नाम र तस्बिर देख्नसक्नुहुन्छ । अब तपाईले आफुलाई मनपर्ने वा भोट गर्न चाहानुभएको कुनै प्रतियोगीको तस्बिरमा क्लिक गर्नुहोस् ।
–अब भोट गर्ने स्थान तपाईले देख्नसक्नुहुन्छ । सबैभन्दा सुरुमा भोट गर्ने तरिका छान्नुहोस् । तपाई वालेट मोबाईल ब्याङ्किङ वा भिजा मास्टरकार्डबाट भोट गर्ने मध्ये कुनै एक विकल्प छान्नसक्नुहुनेछ ।
–उदाहरणका लागि वालेट वा ई ब्याङ्कीङ छानेपछि खल्ती, ईसेवा लगायतका कुनैपनि वालेट तपाईले छान्नसक्नुहुन्छ । त्यसपछि तपाईले कति भोट गर्नचाहानुभएको हो त्यत्ति भोटको संख्या लेख्नुहोस् । वालेटबाट एक भोट बराबर ५ रुपैयाँ शुल्क लाग्नेछ भने एक पटकमा ५ वटादेखि ५०० वटा भोट गर्नसक्नुहुन्छ ।
–भोटको संख्या पनि लेखिसकेपछि ‘भोट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसरी क्लिक गर्दा खल्ती वा ईसेवा वा तपाईले छान्नुभएको कुनै वालेटको लग ईन खुल्छ । उदाहरणका लागि खल्ती वालेटमा तपाईको रजिष्टर गरिएको फोन नम्बर र पिन हालेर पे भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसरी तपाई चाहेको जति भोट गर्नसक्नुहुन्छ ।
–तपाई भिजा कार्ड वा मास्टरकार्डबाट पनि त्यसरी नै भोट गर्नसक्नुहुन्छ । उदाहरणका लागि भिसा मास्टरकार्ड अप्सन छानेपछि नेपाल कार्ड होल्डर, क्रेडिट डेबिट कार्ड लगायतका कुनै एउटा विकल्प छान्नुहोस् । जस्तै नेपाली कार्ड होल्डर अन्लीमा क्लिक अप्सन छानेर भोटको संख्या लेख्नुहोस् । यसमा चाहिँ एकपटकमा कम्तिमा २० भोटदेखि बढीमा ५ हजार वटा भोट गर्नसकिन्छ । भोट संख्या लेखेर ‘भोट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
–त्यसपछि तपाईले नबिल बैँक अन्तर्गत ग्लोबल अनलाईन पेको भौचर देख्नुहुन्छ । त्यहाँ तपाईले आफ्नो कार्ड नम्बर, तपाईको नाम, ईमेल, कार्डको म्याद सकिने मिति लगायतका विवरण भरेर ‘ओके’ अप्सनमा थिच्नुहोस् । यसरी तपाई कार्डबाट पनि भोट गर्नसक्नुहुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*