कमेडी च्याम्पियनको दोस्रो सिजन शुक्रबारबाट,यस्तो छ तयारीे

२१ फाल्गुन २०७७, शुक्रबार १५:३४
Featured Video Play Icon

मकवानपुर, २१ फागुन । कमेडी च्याम्पियन सिजन २ को प्रसारण यही शुक्रबारदेखि हुँदैछ । हरेक शुक्रबार र शनिबार राति ९ बजेदेखि यो कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत हेर्नसकिनेछ । कार्यक्रमलाई रेडियो कान्तिपुरमार्फत सुन्न र युट्युबमा ओएसआर डिजिटलमार्फत हेर्न पनि सकिनेछ । शुक्रबारबाट शो सुरु हुनेभएकोले प्रोडक्सन टिमले फागुन १७, १८ र १९ गते ३ दिन कार्यक्रमको छायाँकन समेत गरिसकेको छ । छायाँकनका क्रममा दर्शकहरुलाई पनि निशुल्क रुपमा कमेडी च्याम्पियनको सेटमा प्रवेश गराइएको थियो । तर प्रवेशका लागि भने प्रभु पेको एपमार्फत निशुल्क सिट बुकिङ गर्ने व्यवस्था गरिएको थियो । सिट बुक गर्नेले मात्र सेटमा प्रवेश पाउने व्यवस्था आयोजकले मिलाएको थियो । यसअघि नै फिजिकल अडिसनका रमाईला क्लिपहरु कमेडी च्याम्पियनको फेसबुक पेजका साथै युट्युबमार्फत पनि सार्वजनिक भईसकेका छन् । ती क्लिपहरु भाईरल समेत हुन सफल भएको थियो । हेर्नुहोस् भिडियो सामग्री–

सिजन २ को लागि फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएका थिए । डिजिटल अडिसनबाट छानिएका प्रतियोगीहरु फिजिकल अडिसनमा भिडेका थिए । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । गोल्डेन कि पाएका एक जना प्रतियोगी कपि कमेडी विवादका कारण बाहिरिएपछि अर्का एक प्रतियोगीलाई शोमा ईन्ट्री गराइएको थियो । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*