तामाङ चलचित्र ‘तिङ्ला पुजु’ फागुन २२ गते हेटौँडाको ओम्याक्स सिनेमामा प्रदर्शन हुँदै

२१ फाल्गुन २०७७, शुक्रबार १५:२१
Featured Video Play Icon

मकवानपुर, २१ फागुन । प्रिमियर शोमा दर्शकहरुले सर्वाधिक रुचाएको तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ यही फागुन २२ गते शनिबार हेटौँडाको ओम्याक्स सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । एक साता अघि फागुन १५ गते ओम्याक्समै प्रिमियर शो गरिएको चलचित्रलाई दर्शकहरुले अत्याधिक रुचाएपछि दर्शकहरुकै अनुरोधमा चलचित्रलाई पूनः प्रदर्शन गर्न लागिएको चलचित्रका प्रस्तुतकर्ता एवम् कलाकार कमल रुम्बाले बताएका छन् । गत साता कलाकारहरुको उपस्थितिमा चलचित्रको प्रिमियर शो गरिएको थियो । चलचित्रको गीतहरु रिलिज भएदेखि नै चर्चाको शिखरमा रहेको तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ को ट्रेलरका साथै ‘सार्सी साम्बा म्हेन्दो आहिन’ र ‘सेम ह्रो’ बोलको गीतहरुलाई दर्शकहरुले सर्वाधिक रुचाएका छन् । प्रिमियर शोपश्चात दर्शकहरुले चलचित्रको कथासँगै कलाकारहरुको कामलाई पनि खुलेर प्रशंसा गरेका छन् ।

चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रको कथा पनि रुम्बाले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*