मिस तामाङ २०२१ मा पब्लिक च्वाईस अवार्डका लागि फेसबुकबाट भोट गर्ने तरिका

२१ फाल्गुन २०७७, शुक्रबार १५:०७
Featured Video Play Icon

मकवानपुर, २१ फागुन । मिस तामाङ २०२१ मा विभिन्न सबटाईटल अवार्डहरुका लागि प्रतिपस्र्धाहरु हुँदैछ । यही फागुन २७ गते फाईनल तय भएको मिस तामाङको ताजको लागि २३ जना तामाङ सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । २३ जना प्रतियोगीहरुमध्ये १ जना प्रतियोगीले पब्लिक च्वाईस अवार्ड प्राप्त गर्नेछन् । त्यसका लागि दर्शकहरुले फेसबुकमार्फत उनीहरुलाई भोट गर्न सक्छन् । फेसबुकमार्फत उनीहरुलाई कसरी भोट गर्ने त ? आउनुहोस् यस बारेमा चर्चा गरौँ । हेर्नुहोस् भिडियो–

–सबैभन्दा सुरुमा फेसबुकमा गएर ‘मिस तामाङ’ लेखेर मिस तामाङको अफिसियल फेसबुक पेज खोज्नुहोस् । अथवा तपाईले सिधै ‘फेसबुक डटकम/मिस तामाङ’ टाईप गरेर सिधै मिस तामाङको फेसबुक पेजमा जानुहोस् ।

–त्यसपछि फोटोजमा गएर अथवा टाईमलाईनमा स्क्रोल गर्दै मिस तामाङले २३ जना प्रतियोगीहरुको तामाङ पहिरन सहितको फोटो पोष्टमा गएर फोटोहरुमा क्लिक गर्नुहोस् । यसरी २३ जना प्रतियोगीहरुमध्ये तपाईलाई मनपर्ने प्रतियोगीको फोटोमा लाईक, कमेन्ट तथा शेयर पनि गर्नुहोस् । यसरी तपाईले गर्नुभएको लाईक, कमेन्ट र शेयरका आधारमा सबैभन्दा बढी लाईक, कमेन्ट र शेयर प्राप्त गर्ने प्रतियोगीले पब्लिक च्वाईस अवार्ड प्राप्त गर्नेछिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*