मिस तामाङ २०२१ को फाईनल फेरि सर्यो

२० फाल्गुन २०७७, बिहीबार २०:४८
Featured Video Play Icon

मकवानपुर, २० फागुन । मिस तामाङ २०२१ को फाईनल हुने मिति फेरि परिवर्तन भएको छ । यसअघि अडिसनका क्रममा फागुन १५ गते फाईनल गरिने तय भएको थियो । निर्धारित समयमा फाईनलको आयोजना नभएपछि केही दिनपछि पून फाईनल गर्ने मिति तय भएको थियो । फागुन १५ गतेपछि एक हप्ता पछि सार्दैै यही फागुन २२ गते फाईनल हुने तय भएको थियो । तर जानकारी अनुसार त्यो मिति पून परिवर्तन गरिएको छ । जानकारी अनुसार अब मिस तामाङ २०२१ को फाईनल फागुन २७ गते बिहीबार हुनेछ । हेर्नुहोस् भिडियो रिपोर्ट–

मिस तामाङ २०२१ मा उत्कृष्ट २३ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् । फाईनल प्रतियोगिताका लागि उत्कृष्ट २३ प्रतियोगीहरुको तस्बिर मिस तामाङको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक समेत गरिएको छ । उत्कृष्ट २३ प्रतियोगीहरुमा नर्सदेखि कानुनका विद्यार्थीहरुसम्म छन् । एभरेस्ट फेसन होमले आयोजना गर्न लागेको १३ औं संस्करणको मिस तामाङ २०२१ टाइटलका लागि उत्कृष्ट २३ मा परेकाहरु एक महिना लामो तालिमहरुमा पनि सहभागी भएका छन् । उनीहरुलाई ग्लोबल अनाईलन पे डटकममार्फत भोट पनि गर्न सकिनेछ । यसमार्फत भोट गरेर मोस्ट पपुलर अवार्डमा कुनै पनि एक प्रतियोगीलाई जिताउन सकिनेछ । साथै मिस तामाङको फेसबुक पेजमार्फत उनीहरुको तस्बिरमा लाईक, कमेन्ट र शेयर गरेर पनि उनीहरुलाई अर्को एक अवार्डको भागिदार बनाउन सकिनेछ । फेसबुकमार्फत उनीहरुले पब्लिक च्वाईस अवार्ड जित्न सक्नेछन् । प्रतियोगिताको फाईनल होटल र्याडिसनमा गरिने यसअघि नै अडिसनकै समयमा तय भएको थियो ।

मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र अन्य विभिन्न पुरस्कारहरु पाउनेछन् यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र अन्य विभिन्न पुरस्कारहरु पाउनेछन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा र रितिरिवाजलाई तामाङ युवामाझ प्रवद्र्धन गर्न संस्थाले सन् २००९ देखि मिस तामाङ प्रतियोगिता गर्दै आएको छ । मिस तामाङमा सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*