मिस तामाङको ट्यालेन्ट शोमा कराँतेको काँटादेखि नाटकसम्म

१७ फाल्गुन २०७७, सोमबार २१:१२
Featured Video Play Icon

मकवानपुर, १७ फागुन । मिस तामाङ २०२१ को फाईनल नजिकिएसँगै यसको चर्चा चुलिएको छ । अडिसनबाट छानिएका उत्कृष्ट २३ तामाङ सुन्दरीहरु अहिले विभिन्न तालिममा सहभागी हुँदैछन् भने विभिन्न सबटाईटलमा पनि यतिखेर प्रतिस्पर्धा भईरहेको छ । यसैबिच गत शुक्रबार ट्यालेन्ट शो आयोजना गरिएको थियो । उक्त ट्यालेन्ट शोमा सहभागीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा सहभागी धेरैले नृत्यमा जोड दिएता पनि केही प्रतियोगीहरुले भने केही फरक प्रतिभा पनि प्रस्तुत गरेका थिए ।

शुक्रबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा ट्यालेन्ट शोका सहभागीहरुले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोको निर्णायकका रुपमा निर्देशक एवं नायक अमिर दोङ, २०१७ की मिस तामाङ फस्ट रनर अप एवं मोडल नवाङ मोक्तान, म्हेन्दोमाया गायक एवं नायक राजकिङ वाइबा, मोडल अनिता गोले र २०१८ की फष्ट रनर अप रञ्जिता गोले रहेका थिए । आउनुहोस् ट्यालेन्ट शोका केही प्रस्तुतिहरु हेरौँ–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*