पल र मलिकाको ‘पिएम जोडी’ सर्वाधिक हिट

१७ फाल्गुन २०७७, सोमबार २०:५१
Featured Video Play Icon

मकवानपुर, १७ फागुन । पछिल्लो समय नायक पल शाह र नायिका मलिका महत सर्वाधिक चर्चामा छन् । ‘पिएम जोडी’ का नामले परिचित यो जोडीको केमिष्ट्री म्याच भएको भन्दै दर्शकहरुले समेत उनीहरुको जोडीलाई निक्कै रुचाएका छन् । दर्शकको रोजाईकै कारण यो जोडी अहिले युवाहरुको पहिलो रोजाई बनेका छन् । नेपालकै सर्वाधिक हेरिएका चर्चित म्युजिक भिडियोहरुमा स्क्रीन शेयर गरेको यो जोडीको प्रेम र विवाहको प्रसंग पनि दर्शकहरुले नै चलाएका छन् । पल र मलिकाले विभिन्न अन्तरवार्ताहरुमा एकअर्कालाई राम्रो लाग्ने तर प्रेम नभएको स्पष्ट पारिसकेका छन् । तर दर्शकहरुले उनीहरुलाई विवाह गर्न सल्लाह समेत दिन भ्याएका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

रोचक कुरा के छ भने पल र मलिकाले धेरै म्युजिक भिडियोहरुमासँगै काम गर्ने अवसर पाएका छैनन् । उनीहरुको जोडी जम्न सफल भएको दुई वटा सर्वाधिक चर्चित गीतहरु नै अहिले चर्चाको केन्द्रबिन्दुमा छ । उनीहरु अभिनित ‘फुलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलको गीतसँगै पिएम जोडी चर्चामा आएका हुन् । अर्को रोचक कुरा के छ भने यो दुबै गीत फिमेल भर्सनमा र दुबै गीत केन्द्र मोसन पिक्चर्स मार्फत सार्वजनिक भएको हो । दुबै भिडियोमा रोमान्टिक अभिनय गरेको यो जोडीलाई दर्शकहरुले सुरुमा ‘पम’ जोडी नामाकरण गरेका थिए । पछि वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले यो जोडीलाई ‘पिएम जोडी’ भनेर सम्बोधन गरेका थिए । अहिले उनीहरुलाई धेरैले पिएम जोडीकै नामले चिन्छन् ।

म्युजिक भिडियोका किङका रुपमा चिनिएका पल शाह र मलिका महत अभिनित ‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ त्यस्तो गीत हो जुन गीतहरुले आफैले बनाएका रेकर्डहरुलाई समेत ब्रेक गर्न सफल भएको छ । मिलन नेवारको आवाजमा रहेको ‘फुलबुट्टे सारी’ ले युट्युबमा अपलोड भएको १८ दिनमा एक करोड भ्यूज प्राप्त गरेको थियो भने अस्मिता अधिकारीको आवाजमा रहेको ‘टाढा भए पनि’ ले १५ दिनमै एक करोड भ्यूज पार गरेको छ । यो सामग्री तयार पार्दाको समयमा ‘फुलबुट्टे सारी’ लाई ३ करोड ६१ लाख ६९ हजारभन्दा बढी पटक हेरिसकिएको छ भने ‘टाढा भए पनि’ लाई १ करोड ६२ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*