मिस तामाङ २०२१ का उत्कृष्ट २३ प्रतियोगीहरु

१६ फाल्गुन २०७७, आईतवार ०८:१७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १६ फागुन । मिस तामाङ २०२१ मा उत्कृष्ट २३ प्रतियोगीहरुले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । केही दिनमा नै हुने फाईनल प्रतियोगिताका लागि उत्कृष्ट २३ प्रतियोगीहरुको तस्बिर मिस तामाङको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक समेत गरिएको छ । उत्कृष्ट २३ प्रतियोगीहरुमा नर्सदेखि कानुनका विद्यार्थीहरुसम्म छन् । एभरेस्ट फेसन होमले आयोजना गर्न लागेको १३ औं संस्करणको मिस तामाङ २०२१ टाइटलका लागि उत्कृष्ट २३ मा परेकाहरु एक महिना लामो तालिमहरुमा पनि सहभागी भएका छन् । उनीहरुलाई ग्लोबल अनाईलन पे डटकममार्फत भोट पनि गर्न सकिनेछ । साथै मिस तामाङको फेसबुक पेजमार्फत उनीहरुको तस्बिरमा लाईक, कमेन्ट र शेयर गरेर पनि सपोर्ट गर्न सकिन्छ । प्रतियोगिताको फाईनल होटल र्याडिसनमा गरिने यसअघि नै अडिसनकै समयमा तय भएको थियो । मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र अन्य विभिन्न पुरस्कारहरु पाउनेछन् यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र अन्य विभिन्न पुरस्कारहरु पाउनेछन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा र रितिरिवाजलाई तामाङ युवामाझ प्रवद्र्धन गर्न संस्थाले सन् २००९ देखि मिस तामाङ प्रतियोगिता गर्दै आएको छ । मिस तामाङमा सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको थियो । यस भिडियो सामग्रीमा मिस तामाङ २०२१ का उत्कृष्ट २३ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो फिचर–

१) सफलता थिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सफलता थिङ काभ्रे निवासी हुन् । उनी कानुनकी विद्यार्थी समेत हुन् । उनले काठमाडौँ मोडल कलेजबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १ हुन् ।
२) सञ्जीला ब्लोन लामा–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सञ्जीला ब्लोन काभ्रे निवासी हुन् । उनी गायन र नृत्यमा पनि रुचि राख्छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २ हुन् ।
३) पेमा पाख्रिन तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी पेमा पाख्रिन तामाङ सिराहा निवासी हुन् । सृजना स्कूल गोलबजारबाट अध्ययन गरेकी पेमाले सेन्ट लरेन्स कलेजबाट पनि अध्ययन गरेकी थिईन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ३ हुन् ।
४) रञ्जीता वाईबा तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी रञ्जीता वाईबा तामाङ रामेछापकी हुन् । बिएससी नर्सिङकी विद्यार्थी समेत रहेकी रञ्जीताले गोल्डेन गेट ईन्टरनेशनल कलेजबाट अध्ययन गरेकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ४ हुन् ।
५) कुसुम थिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी कुसुम थिङ तामाङ नुवाकोटकी हुन् । उनी नृत्यमा विशेष रुचि राख्छिन् । उनी गायन र अभिनयमा पनि चासो राख्ने प्रतियोगी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ५ हुन् ।
६) स्मृति थिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी स्मृति थिङ तामाङ काभ्रेकी हुन् । उनी नृत्यमा विशेष रुचि राख्छिन् । उनी गायन र अभिनयमा पनि चासो राख्ने प्रतियोगी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ६ हुन् ।
७) दिपासा दोङ लामा–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी दिपासा दोङ लामा काभ्रे तिमालकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ७ हुन् ।

८) वर्षा पाख्रिन तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी वर्षा पाख्रिन तामाङ शोलुखुम्बुकी हुन् । मिस टिन प्रिन्सेसमा पनि तहल्का मच्चाएकी वर्षाले समता स्कूलबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ८ हुन् ।
९) निशा घिसिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी निशा घिसिङ तामाङ धरानकी हुन् । डेपोट हायर सेकेण्डरी स्कूल अध्ययन गरेकी उनले हेरल्ड ईन्टरनेशनल कलेजबाट पनि अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ९ हुन् ।
१०) सुस्मा घिसिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सुस्मा घिसिङ तामाङ धादिङकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १० हुन् ।
११) प्रतिभा लो तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी प्रतिभा लो तामाङ काभ्रेकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ११ हुन् ।
१२) प्रमिला घिसिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी प्रमिला घिसिङ तामाङ रामेछापकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १२ हुन् ।
१३) संगिता दोङ लामा–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी संगिता दोङ लामा काभ्रेकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १३ हुन् ।
१४) सोनिया वाईबा तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सोनिया वाईबा तामाङ मनमैजुकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १४ हुन् ।
१५) सुनिमा स्याङ्तान तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सुनिमा स्याङ्तान तामाङ सिन्धुपाल्चोककी हुन् । मिना स्याङ्तान नामले पनि चिनिने उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १५ हुन् ।

१६) रिमा थिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी रिमा थिङ तामाङ काभ्रेपलाञ्चोककी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १७ हुन् ।
१७) शर्मिला घिसिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी शर्मिला घिसिङ तामाङ रामेछापकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १८ हुन् ।
१८) रोशनी रुम्बा तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी रोशनी रुम्बा तामाङ नुवाकोटकी हुन् । उनले मोर्गन ईन्टरनेशल कलेजबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १९ हुन् ।
१९) सुजता तितुङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सुजता तितुङ तामाङ काभ्रेकी हुन् । उनी नृत्य र यात्रामा रमाउँछिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २० हुन् ।
२०) अम्बिका बोम्जन तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी अम्बिका बोम्जन तामाङ गोदावरीकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २१ हुन् ।
२१) सफिला थिङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सफिला थिङ तामाङ नगरकोटकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २२ हुन् ।
२२) सनिता तितुङ तामाङ–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सनिता तितुङ तामाङ नुवाकोटकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २३ हुन् ।
२३) सिसम दोङ लामा–मिस तामाङको ताजका लागि प्रतिस्पर्धामा रहेकी सिसम दोङ लामा पिन्थली, काभ्रेकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर २४ हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*