हल अफ फेम सिजन २ का उत्कृष्ट ३ फाईनालिष्टहरु

१५ फाल्गुन २०७७, शनिबार १९:२६
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १५ फागुन । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ३ फाईनालिष्टहरु छानिएका छन् । उत्कृष्ट ९ मा प्रतिस्पर्धा गरेका ९ जना प्रतियोगीहरुमध्येबाट शुक्रबार उत्कृष्ट ६ सेमिफाईनालिष्टहरु छानिएका थिए । उत्कृष्ट ९ मा पुगेका जेन्नी तामाङ, रुपेश पोख्रेल र सुदिक्षा तामाङ बाहिरिएपछि उत्कृष्ट ६ मा विजय सुनार, नाम्साङ राई, रोनिश श्रेष्ठ, टिका मगर, समिर लिम्बु र पूर्ण बिक छानिएका थिए । शुक्रबार उनीहरुको प्रस्तुति पश्चात उत्कृष्ट ६ मा पुगेका नाम्साङ राई, रोनिश श्रेष्ठ र समिर लिम्बु बाहिरिएका थिए । उनीहरु बाहिरिएसँगै फाईनलका लागि पुर्ण बिक, टिका मगर र विजय सुनार छानिएका हुन् । यस भिडियो सामग्रीमा फाईनलमा पुगेका यी तिनै जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो फिचर–

१) पूर्ण बिक– हल अफ फेम सिजन २ को फाईनलमा पुगेका पहिलो प्रतियोगी हुन् पूर्ण विक । उनले सेमि फाईनलमा ‘पानीको फोका जस्तै’ बोलको गीत गाएका थिए । उनको प्रस्तुति राम्रो भएको भन्दै निर्णायक रजिना रिमालले ताली समेत बजाएकी थिईन् । त्यस्तै निर्णायक दिप श्रेष्ठले उनको गायन शैलीको प्रशंसा गर्दै उनलाई उत्कृष्ट ६ सेमिफाईनालिष्टहरुमध्ये एकदमै राम्रो प्रतिस्पर्धी भएको बताएका थिए । निर्णायक विवेक श्रेष्ठले उनलाई एक ट्यालेन्ट र भर्सटाईल गायकका रुपमा चर्चा गरेका थिए । उनी प्रशंसाहरुका बिचमै फाईनलमा पुगेका हुन् । यसअघि उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा पनि निर्णायक विवेक श्रेष्ठले उनको प्रस्तुतिमा ताली पनि बजाएका थिए । पुर्णले च्यालेञ्ज राउण्डमा सुप्रिया पौडेल र दिपक भोटेलसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा १८.५ अंक प्राप्त गरेका थिए । सुनाकोठी ललितपुर निवासी पूर्णको स्थायी घर भने उदयपुरको कटारीमा पर्छ । निर्माणको क्षेत्रमा समेत काम गरिरहेका उनी शैलुङ रोधी घरमा पनि गायकका रुपमा कार्यरत छन् । उनी संगीत क्षेत्रमा लागेकोमा पूर्णकी जीवनसाथी पनि निक्कै खुशी भएको बताउँछिन् ।

२) टिका मगर–हल अफ फेम सिजन २ को फाईनलमा पुगेका दोस्रो प्रतियोगी हुन् टिका मगर । उनले सेमिफाईनलमा ‘निष्ठुरीलाई माया गरी’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई निर्णायक विवेक श्रेष्ठले प्रशंसा गरेका थिए । उनी सुरुदेखि नै टिकाको प्रशंसक भएको भन्दै उनको भावसँग डुबेर गाउने शैली मनपरेको बताएका थिए । निर्णायक दिप श्रेष्ठले राम्रो गाउने प्रतियोगीहरुमध्ये टिका पनि एक भएको भन्दै उनको प्रशंसा गरेका थिए । निर्णायक रजिना रिमालले उनलाई एक बलियो प्रतियोगी भएको भन्दै उनको आवाज र गायन शैलीको प्रशंसा गरेका थिए । यसअघि टिकाले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा निक्कै राम्रो गीत गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । निर्णायक रजिना रिमालले उनको प्रस्तुति उत्कृष्ट ९ मा पुगेका सबै प्रतियोगीहरुको तुलनामा राम्रो भएको बताएकी थिईन् । टिकाले च्यालेञ्ज राउण्डमा प्रकाश प्रधान र निमा शेर्पासँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा टिकाले २१ अंक प्राप्त गरेका थिए । उनी सर्वाधिक अंक पाउने ५ प्रतियोगीहरुमध्येका एक पनि हुन् । टिका ईलाम निवासी हुन् । कक्षा ९ मा अध्ययन गर्ने क्रममा पहिलो पटक स्टेजमा गीत प्रस्तुत गरेका टिकाले त्यसबेला शिक्षक, अभिभावक र साथीहरुबाट राम्रो प्रशंसा पाएका थिए । त्यही प्रशंसाकैबिच उनी संगीत क्षेत्रमा लाग्ने अठोटका साथ अघि बढेका छन् । उनले विद्यालय जीवनदेखि नै गायन क्षेत्रमा रुचि देखाएका थिए । गायनमा रुचि भएता पनि घरको अवस्थाका कारण उनी विदेशिन बाध्य भएका थिए । विदेशमै भएपनि उनले गायन क्षेत्र छाडेनन् । उनी निरन्तर साँगितिक क्षेत्रमै अगाडि बढीरहेका छन् ।

३) विजय सुनार–हल अफ फेम सिजन २ को फाईनलमा पुगेका तेस्रो प्रतियोगी हुन् विजय सुनार । विजयले सेमिफाईनलमा ‘ऋतुहरुमा तिमी’ बोलको गीत गाएका थिए । निर्णायक रजिना रिमालले उनको आवाजको प्रशंसा गर्दै उनी राम्रो प्रतियोगी भएको बताएकी थिईन् । निर्णायक विवेक श्रेष्ठले पनि उनको गीत छनौट राम्रो लागेको बताएका थिए । निर्णायक दिप श्रेष्ठले विजयलाई मेहनती गायक भएको भन्दै उनलाई भर्सटाईल गायकका रुपमा चर्चा गरेका थिए । यसअघि उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा विजयलाई निर्णायकहरुले मिश्रित प्रतिक्रिया दिएका थिए । विजयले च्यालेञ्ज राउण्डमा सन्दिप गहतराज र सञ्जीवनी महर्जनसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा १८ अंक प्राप्त गरेका थिए । गायनक्षेत्रमै लागेका विजय गीतार बजाउन र गीत कम्पोज गर्न शौखिन् छन् । बुटवलको बर्दाघाट निवासी विजयको साँगितिक जीवन सानैदेखि सुरु भएको उनी बताउँछन् । आफ्नी दिदीका साथै घरका सबै परिवारबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएका विजयले बर्दघाटमा रहेको श्रृति संगीत विद्यालयबाट उनले केही महिना संगीतका साथै गीतार पनि सिकेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*