टिका मगरको आवाज सुनेर निर्णायकहरु मख्ख

१४ फाल्गुन २०७७, शुक्रबार १९:२३
Featured Video Play Icon

मकवानपुर, १४ फागुन । हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा प्रतिस्पर्धा गरेका टिका मगरले निर्णायकहरुको मन जित्न सफल भएका छन् । उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा स्वर सम्राट नारायण गोपालको ‘आजभोलि हरेक साँझ’ बोलको गीत गाएका टिकाले निर्णायकहरुको मन छुने गरी प्रस्तुति दिएका थिए । उत्कृष्ट ९ मा प्रस्तुति दिएकाहरुमध्ये टिकाले निक्कै राम्रो गीत गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उत्कृष्ट ९ मा पुगेका प्रतियोगीहरुले अपेक्षाकृत रुपमा निर्णायकले सोचेजस्तो प्रस्तुति नदिएको अवस्थामा टिकाले त्यो कमि पुरा गरिदिएको निर्णायकहरुले बताएका थिए । टिकाले भावमा डुबेर गीतलाई प्रस्तुत गरेका थिए । हेर्नुहोस् भिडियो रिपोर्ट–

निर्णायक रजिना रिमालले उनको प्रस्तुति उत्कृष्ट ९ मा पुगेका सबै प्रतियोगीहरुको तुलनामा राम्रो भएको बताईन् । उनले टिकालाई गीत म्याच भएको भन्दै उनको हाईनोटको पनि प्रशंसा गरेकी थिईन् । त्यस्तै निर्णायक दिप श्रेष्ठले पनि उनको आवाजमा मिठास भएको भन्दै उनको प्रशंसा गरेका थिए । उनको गायकीले आफुले राहत महशुस भएको भन्दै उनको आवाजको टेक्सर र थ्रोको प्रशंसा गरेका थिए । निर्णायक विवेकले पनि उनको आवाजको प्रशंसा गर्दै राम्रो गाएको प्रतिक्रिया दिएका थिए । उनले यो प्रस्तुति लाईभमा भएको भए अझ निकै परिस्कृत हुनसक्ने भन्दै टिकाको प्रशंसा गरेका थिए ।

टिकाले यसअघि च्यालेञ्ज राउण्डमा प्रकाश प्रधान र निमा शेर्पासँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा टिकाले जम्मा २१ अंक प्राप्त गरेका थिए । उनी सर्वाधिक अंक पाउने ५ प्रतियोगीहरुमध्येका एक पनि हुन् । टिका ईलाम निवासी हुन् । कक्षा ९ मा अध्ययन गर्ने क्रममा पहिलो पटक स्टेजमा गीत प्रस्तुत गरेका टिकाले त्यसबेला शिक्षक, अभिभावक र साथीहरुबाट राम्रो प्रशंसा पाएका थिए । त्यही प्रशंसाकैबिच उनी संगीत क्षेत्रमा लाग्ने अठोटका साथ अघि बढेका छन् । उनले विद्यालय जीवनदेखि नै गायन क्षेत्रमा रुचि देखाएका थिए । गायनमा रुचि भएता पनि घरको अवस्थाका कारण उनी विदेशिन बाध्य भएका थिए । विदेशमै भएपनि उनले गायन क्षेत्र छाडेनन् । उनी निरन्तर साँगितिक क्षेत्रमै अगाडि बढीरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*