अभिषेक तामाङ र रश्मी दोङ तामाङको ‘क्राना लासि’ मा रहस्यमय कथा

११ फाल्गुन २०७७, मंगलवार २०:३२

मकवानपुर, ११ फागुन । चर्चित गायक तथा संगीतकार अभिषेक तामाङ र गायिका रश्मी दोङ तामाङको नयाँ तामाङ गीत अहिले चर्चामा छ । अभिषेक र रश्मीको ‘क्राना लासि’ बोलको तामाङ गीत गायक गायिकाको आवाज, शब्द, संगीत र म्युजिक भिडियोको रहस्यमय कथाका कारण पनि चर्चामा आएको हो । अभिषेककै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतमा हेम बोम्जनको शब्द र अभिषेककै संगीत रहेको छ । वाङ्च्यु फ्युबाको एरेञ्जमा तयार भएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा एउटा रहस्यमय कथा समावेश गरिएको छ । म्युजिक भिडियोमा लाक्पा लामा, सुजिना गोले, रियाज थिङ र अरिना मोक्तानको अभिनय रहेको छ । प्रतिक ङेस्युरको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई सुर्य लामाले छायाँकन र सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*