प्रविणको बेड्वालको ‘दिलैमा’ मा पल र याङ्शुको यति रोमान्टिक अभिनय

१० फाल्गुन २०७७, सोमबार २१:१०
Featured Video Play Icon

मकवानपुर, १० फागुन । गायक प्रविण बेड्वालको आवाजमा ‘दिलैमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा चर्चित नायक पल शाहका साथमा याङ्शु श्रेष्ठले अिभनय गरेकी छिन् । रोमान्टिक गीतमा रोमान्टिक अभिनय समावेश म्युजिक भिडियोलाई द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमृत खड्काको शब्द र चर्चित संगितकार अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सजन शाहले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतका रेकर्डिष्ट नरेश बिबिसी हुन् । म्युजिक भिडियोमा पल र याङ्शुलाई केशवराज भट्टले कोरियोग्राफ गरेका छन् । प्रकाश धितालको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई कृष्ण डाँगी खड्काले निर्माण गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*