सज्जा चौलागाईको आवाजमा गायत्री पाण्डेको ‘आफ्नो कथा’ सार्वजनिक

९ फाल्गुन २०७७, आईतवार ०९:३४
Featured Video Play Icon

मकवानपुर, ९ फागुन । नेपाल आईडल सिजन ३ की विजेता एवम् चर्चित गायिका सज्जा चौलागाईको आवाजमा गीतकार गायत्री पाण्डेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सज्जाको आवाज र गायत्रीको शब्दमा ‘आफ्नो कथा’ बोलको मार्मिक गीतको म्युजिक भिडियो ताजा ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । आरके लामाको संगीत तथा बिनय कार्की क्षेत्रीको एरेञ्जमा गीत तयार भएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

गीतमा एउटा मार्मिक कथा समावेश छ । महिलामाथि हुने हिंसाको विभिन्न स्वरुपहरुमध्ये बलात्कार जस्तो घृणित कार्यको बारेमा गीतको म्युजिक भिडियो केन्द्रित छ । रेकर्ड भएको लामो समयपछि म्युजिक भिडियो सहित सार्वजनिक भएको यो गीतले मार्मिक कथा बोक्नुका साथै आफ्नैहरुसँग सचेत रहन पनि सन्देश दिएको छ । गीतको शब्द, सज्जाको आवाज र म्युजिक भिडियोले सबैको मन जित्ने देखिएको छ । गीतको म्युजिक भिडियोमा एलिना रायमाझी र राजेश बिसीको अभिनय रहेको छ । शरद पाण्डेको कथामा निर्माण भएको म्युजिक भिडियोलाई राजनकुमार मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । म्यजिक भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*