केबिका खत्रीको नयाँ म्युजिक भिडियो यति रोमान्टिक

६ फाल्गुन २०७७, बिहीबार २०:१८
Featured Video Play Icon

मकवानपुर, ६ फागुन । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा फर्स्ट रनर अप भएर तहल्का मच्चाएकी केबिका खत्रीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केविकाको कोरियोग्राफी र अभिनय रहेको ‘जान्छौ भने’ बोलको गीतको म्युजिक भिडियो गीतकार रञ्जना राईको अफिसियल युट्युब च्यानल ‘यु एण्ड मी आरटु’ बाट सार्वजनिक भएको हो । डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध लामासँग जोडी बाँधेर ‘बुद्धिका’ जोडीका रुपमा चर्चामा आएकी केबिकाले यो गीतमा भने ‘द नेक्स्ट’का प्रदिप लामासँग जोडी बाँधेर अभिनय गरेका छन् । उनीहरु दुबैको अभिनय र रोमान्टिक नृत्यले गीतलाई थप रोचक बनाएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

यो गीतमा द भोईस अफ नेपाल सिजन २ बाट सर्वाधिक चर्चामा आएका चर्चित गायक सनिश श्रेष्ठ र चर्चित गायिका सञ्जीवनीको आवाज रहेको छ । रञ्जना राईको ‘मिसाकी’ एल्बममा समावेश यो गीतलाई रञ्जनाले नै लेखेकी हुन् । गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत र एरेञ्ज रहेको छ । सजन शाहले मिक्सिङ मास्टरिङ गरेको गीतका रेकर्डिष्ट कुशल थापा हुन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोका कला निर्देशक मनिक पाख्रिन हुन् । द किङ डान्स क्रियुको पनि साथ रहेको म्युजिक भिडियोमा डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी चर्चित कोरियोग्राफरहरुले विभिन्न जिम्मेवारी सम्हालेका थिए । म्युजिक भिडियोको कोरियोग्राफीमा केबिकालाई चर्चित कोरियोग्राफर लाउरे सिंहले सघाएका छन् । त्यस्तै म्युजिक भिडियोलाई चर्चित कोरियोग्राफर प्रमोद भण्डारीले निर्देशन गरेका छन् । प्रमोदलाई निर्देशनमा अर्का चर्चित कोरियोग्राफर सुनिल बिकले सघाएका छन् । उनीहरु सबै जना डान्सिङ विथ द स्टार्समा सहभागी भएका थिए । म्युजिक भिडियोलाई पवन सुस्लिङले छायाँकन तथा प्रविण भट्टले सम्पादन गरेका हुन् ।

यसैबिच यस गीतको युट्युब कभर भिडियो तथा टिकटक प्रतियोगिता पनि घोषणा गरिएको छ । युट्युब कभर भिडियो २ मिनेटभन्दा लामो हुनुपर्ने बताइएको छ । प्राप्त भिडियोलाई रचनाकारकै युट्युब च्यानलमा अपलोड गरिने र उत्कृष्ट हुनेलाई नगद रु. ६० हजार पुरस्कार स्वरुप प्रदान गरिने बताइएको छ । त्यस्तै टिकटक भिडियोमध्ये उत्कृष्टलाई छानेर नगद रु. १० हजार पुरस्कार स्वरुप प्रदान गरिने बताइएको छ । युट्युब कभर र टिकटक भिडियो रचनाकारको फेसबुक पेज रञ्जना राई वा ईमेलमा पठाउनुपर्ने बताइएको छ । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*