केविन ग्लान तामाङको ‘किन’ यति दमदार

६ फाल्गुन २०७७, बिहीबार २०:१०
Featured Video Play Icon

मकवानपुर, ६ फागुन । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी केविन ग्लान तामाङको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘किन’ बोलको उक्त गीत सार्वजनिक हुने घोषणा भएको निकै लामो समयपछि नेप्ले ईभेन्ट्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा केविनको सुमधुर आवाजका साथै शब्द र संगीत पनि समावेश छ । केबल गुरुङको एरेञ्जमा तयार भएको गीतको म्युजिक भिडियो फज फ्याक्ट्री प्रोडक्सनले तयार पारेको हो । साउण्ड फ्युजन स्टुडियोमा रेकर्ड गरिएको गीतका म्युजिक प्रोड्युसर विजय खड्का हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

गीतको म्युजिक भिडियोमा केविन ग्लान तामाङसँगै सोनिया चाम्लिङ राईले अभिनय गरेका छन् । सञ्जय सुवेदीको लेखन निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायाँकन रेवत श्रेष्ठ र मञ्जीत लामा हुन् । गीतको म्युजिक भिडियोलाई मञ्जीत लामाले नै सम्पादन गरेका हुन् । गीतमा केविन र सोनियाको अभिनयलाई दर्शक श्रोताले प्रशंसा गरेका छन् । यसअघि नै नेपाल आईडलको उत्कृष्ट ४ सम्म पुगेका केविनले फाईनल नजिकबाट बाहिरिएपछि यस गीतको एक फरक टिजर पनि सार्वजनिक गरेका थिए । हेर्नुहोस् म्युजिक भिडियो–

केविनले नेपाल आईडल सिजन ३ मा ७ वटा अवार्ड जितेका थिए । नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुकितका कारण चर्चामा आएका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*