सिद्धान्त खड्काको ‘महामारी’ गीत सार्वजनिक

६ फाल्गुन २०७७, बिहीबार २०:००
Featured Video Play Icon

मकवानपुर, ६ फागुन । चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारका चर्चित प्रतियोगी सिद्धान्त खड्काले नेपाल स्टारपछि आफ्नो पहिलो अफिसियल गीत सार्वजनिक गरेका छन् । सिद्धान्तको ‘जीवन एक महामारी हो’ बोलको गीत लिरिकल भर्सनमा सार्वजनिक भएको हो । उनको यो गीत हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । पवन सिटौलाको शब्द र विकास गजमेरको कम्पोजिसनमा तयार भएको गीतलाई अभिजंगले संगीत भरेका छन् । गीतमा जीवनलाई महामारीसँग तुलना गरिएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

हुन त सिद्धान्तका यसअघि नै केही गीतहरु सार्वजनिक भइसकेका छन् तर नेपाल स्टारपछि भने उनको यो पहिलो गीत हो । गीत सार्वजनिक गर्दै सिद्धान्तले दर्शकहरुबाट साथ र मायाको अपेक्षा गरेको बताएका छन् । नेपाल स्टारको उत्कृष्ट ६ सम्म पुगेका सिद्धान्त पावरप्याक पफोमरका रुपमा चिनिएका थिए । सबै निर्णायक र धेरै दर्शकहरुको मन जित्न सफल सिद्धान्त दर्शक भोट र निर्णायक मतको आधारमा उत्कृष्ट ६ बाट बाहिरिएका थिए । प्रतियोगिताको फाईनलसम्म पुग्नसक्ने बलियो आधार भएका सिद्धान्त बाहिरिएपछि दर्शकहरुले पनि आश्चर्य मान्दै कमेन्टहरु गरेका थिए । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका थिए । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका थिए । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । सिद्धान्तले उत्कृष्ट ६ को छनौटको क्रममा पहिलो पटक एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । हेर्नुहोस् सिद्धान्तको लिरिकल भर्सनको गीत–

आदरणीय दर्शकविन्द, तपाईलाई सिद्धान्तको ‘जीवन एक महामारी हो’ गीत कस्तो लाग्यो ? उनको गीतको लिंक यस भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ । कृपया हेरेर कमेन्ट गरिदिनुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*