गायक सुजन ढकालको ‘अधुरो प्रेम’ सार्वजनिक

५ फाल्गुन २०७७, बुधबार २३:०६

मकवानपुर, ५ फागुन । गायक सुजन ढकालको ‘अधुरो प्रेम’ बोलको नयाँ र्याप गीत सार्वजनिक भएको छ । मोरङ निवासी गायक ढकालको आफ्नै शब्द, संगीतमा तयार भएको गीतलाई उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक प्रेमीले प्रेममा धोका पाएपछिको अवस्थालाई र्याप मार्फत प्रस्तुत गरिएको छ ।

गीतका एरेञ्जर तथा म्युजिक भिडियोका परिकल्पनाकार पनि गायक ढकाल नै हुन् । यस अघि पनि विभिन्न गीतहरु सार्वजनिक गरिसकेका गायक ढकालले यस गीतको म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । उनको साथमा कलाकार एलिना कट्वालले पनि अभिनय गरेकी छिन् । विवेक माझीको छायाँकनमा तयार भएको म्युजिक भिडियोलाई चिनो स्टुडियोमा सम्पादन गरिएको हो । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*