हल अफ फेमका उत्कृष्ट ९ प्रतियोगीहरु

५ फाल्गुन २०७७, बुधबार १०:५४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ फागुन । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ९ प्रतियोगीहरु छानिएका छन् । च्यालेञ्ज राउण्डमा भिडेका उत्कृष्ट २७ प्रतियोगीहरुमध्ये उत्कृष्ट ९ प्रतियोगीहरु अघिल्लो राउण्डका लागि छानिएका हुन् । च्यालेञ्ज राउण्डमा उत्कृष्ट २७ मा परेका प्रतियोगीहरुले ९–९ जनाको समूहमा रही ३–३ जनाको उप–समूहमा एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । ३ जनामध्ये एक जना छनौट हुँदै उत्कृष्ट ९ प्रतियोगीहरु छानिएका हुन् । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा भइरहेको यो शोको प्रसारण हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे भईरहेको छ । शोका निर्णायकहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहेकी छिन् । यस भिडियो सामग्रीमा उत्कृष्ट ९ मा परेका प्रतियोगीहरुका बारेमा चर्चा गर्दैर्छौँ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*