जेन्नी तामाङ, रुपेश पोख्रेल र पूर्ण विक हल अफ फेमको उत्कृष्ट ९ मा

४ फाल्गुन २०७७, मंगलवार २०:०६
Featured Video Play Icon

मकवानपुर, ४ फागुन । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ९ का लागि अन्तिम समूहबाट थप ३ जना प्रतियोगीहरु छानिएका छन् । शोको च्यालेञ्ज राउण्डको तेस्रो समूहमा भिडेका उत्कृष्ट ९ जना प्रतियोगीहरुमध्ये ३ जना प्रतियोगीहरु उत्कृष्ट ९ कोलागि छानिएका हुन् । च्यालेञ्ज राउण्डको तेस्रो अर्थात अन्तिम समूहमा परेका ९ जना प्रतियोगीहरुले ३–३ जनाको समूहमा एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुमध्ये जेन्नी तामाङ, रुपेश पोख्रेल र पूर्ण विक उत्कृष्ट ९ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा उत्कृष्ट ९ मा परेका यी तिनै जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैर्छौँ । हेर्नुहोस् भिडियो–

जेन्नी तामाङ– हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेकी सातौँ प्रतियोगी हुन् जेन्नी तामाङ । उनी मेलबर्न अष्ट्रेलियामा बसोबास गर्छिन् । उनले च्यालेञ्ज राउण्डमा छेवाङ शेर्पासँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुको टिममा रहेका नितेश बस्याल विशेष कारणबस सहभागी हुन नसकेपछि जेन्नी र छेवाङलेमात्र प्रस्पिर्धा गरेका हुन् । उनीहरुले ‘नजाउ पर आउ वर’ बोलको गीतमा प्रस्तुति दिएका थिए । दुबै जनाको प्रस्तुतिलाई निर्णायकहरुले राम्रो भएको बताएका थिए । उनीहरुमध्ये निर्णायकहरुले जेन्नीलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । ३ वर्षदेखि विद्यार्थीका रुपमा अष्ट्रेलियामा रहेकी जेन्नी संघर्षका वाबजुद संगीत क्षेत्रमा अगाडि बढिरहेकी छिन् । यसअघि उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायक दिप र विवेकबाट समान ६.५ अंक र निर्णायक रजिनाबाट ६ अंक गरी जम्मा १९ अंक प्राप्त गरेकी थिईन् ।

रुपेश पोख्रेल– हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका आठौँ प्रतियोगी हुन् रुपेश पोख्रेल । उनी झापाको काकरभिट्टा निवासी हुन् । उनले च्यालेञ्ज राउण्डमा मिलन लुवागनले एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुको टिममा रहेका हिमांशु रायमाझी विशेष कारणबस सहभागी हुन नसकेपछि रुपेश र मिलनले मात्र प्रस्पिर्धा गरेका हुन् । उनीहरुले ‘पानको पात’ बोलको गीतमा प्रस्तुति दिएका थिए । दुबै जनाको प्रस्तुतिलाई निर्णायकहरुले राम्रो भएको बताएका थिए । उनीहरुमध्ये निर्णायकहरुले रुपेशलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । मेची भन्सारमा कार्यरत रुपेश यसअघि गायन सिक्नुका साथै गीगहरु पनि गर्नेगर्थे । उनी अहिले भने हल अफ फेममै व्यस्त छन् । यसअघि उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायक दिप र रजिनाबाट ६.५–६.५ तथा निर्णायक विवेकबाट ७ अंक गरी जम्मा २० अंक प्राप्त गरेका थिए ।

पूर्ण बिक– हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका नवौँ प्रतियोगी हुन् पूर्ण विक । उनी सुनाकोठी ललितपुर निवासी हुन् । उनले च्यालेञ्ज राउण्डमा सुप्रिया पौडेल र दिपक भोटेलसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘बाँझो खेतमा’ बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले राम्रो भएको बताएका थिए । पूर्णको प्रस्तुतिलाई निर्णायकहरुले सबैभन्दा राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुमध्ये निर्णायकहरुले पूर्णलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । सिकर्मीका रुपमा समेत काम गरिरहेका पूर्ण रोधीमा पनि गायकका रुपमा कार्यरत छन् । यसअघि उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायक दिप र विवेकबाट ६–६ अंक तथा निर्णायक रजिनाबाट ६.५ अंक गरी जम्मा १८.५ अंक प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*