‘फुलबुट्टे सारी’ श्रद्धेय मदनकृष्ण श्रेष्ठको आवाजमा

४ फाल्गुन २०७७, मंगलवार १९:४३
Featured Video Play Icon

मकवानपुर, ४ फागुन । वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको आवाजमा लोकप्रिय गीत ‘फुलबुट्टे सारी’ को लेजेण्डरी भर्सन सार्वजनिक भएको छ । यसअघि नै मेल, फिमेल तथा चाईल्ड भर्सनमा तहल्का मच्चाईसकेको यो गीतले श्रद्धेय मदनकृष्ण श्रेष्ठको आवाजमा थप उचाई प्राप्त गरेको छ । श्रोता दर्शकमाझ बहुचर्चित ‘फुलबुट्टे सारी’ दिनप्रतिदिन लोकप्रिय बन्दै गईरहेको छ । लेजेण्डरी भर्सनमा पनि यो गीतले तहल्का मच्चाउने देखिएको छ । गीत सार्वजनिक भएको केही समयमै यो भर्सनले पनि निक्कै भ्यूज पाईसकेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

लेजेण्डरी भर्सनमा श्रद्धेय मदनकृष्ण श्रेष्ठको आवाजसँगै अभिनय पनि रहेको छ । म्युजिक भिडियोमा श्रद्धेय श्रेष्ठसँगै चर्चित कलाकार मिथिला शर्माले अभिनय गरेकी छिन् । गीतको शब्द र सँगीत चर्चित संगितकार तथा गायक राजनराज शिवाकोटी नै हुन् । सञ्जीव बराईलीले एरेञ्ज गरेको गीतलाई श्यामश्वेत रसाईलीले मिक्सिङ मास्टरिङ गरेका हुन् । म्युजिक भिडियोका निर्देशक यसपटक पनि राजेश पुमा राई नै हुन् । म्युजिक भिडियोका निर्माता मोहन गुरुङ हुन् । उत्सव दाहालको छायाँकनमा बनेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । फुलबुट्टे सारीको मेल भर्सनमा मार्मिक लामा, फिमेल भर्सनमा मिलन नेवार र चाईल्ड भर्सनमा अरिश्मा सिवाकोटीको आवाज रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई फुलबुट्टे सारीको लेजेण्डरी भर्सन कस्तो लाग्यो ? गीतको लिंक भिडियोको डिस्क्रीप्सनमा दिइएको छ । कृपया हेरेर कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*