सज्जा चौलागाई र विक्रम बरालको ‘गल्ती–२’ यस्तो बन्यो

३० माघ २०७७, शुक्रबार १९:५४
Featured Video Play Icon

मकवानपुर, ३० माघ । नेपाल आईडल सिजन ३ की विजेता सज्जा चौलागाई र गायक बिक्रम बरालको नयाँ गीत ‘गल्ती–२’ सार्वजनिक भएको छ । २ वर्ष अघि विक्रमकै आवाजमा तयार भएको चर्चित गीत ‘गल्ती’ को सिक्वेलका रुपमा ‘गल्ती–२’ शुक्रबार सार्वजनिक गरिएको हो । गीतकार प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतलाई विशाल पौडेलले एरेञ्ज गरेका हुन् । गीतको मिक्सिङ मास्टरिङ प्रदिप जोशीले गरेका हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडलको दोस्रो सिजन सकिएपछी गायक विक्रमको आवाजमा ‘गल्ती’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतलाई श्रोताहरुले रुचाएपछि गीतकार प्रदिप चापागाईले ‘गल्ती–२’ सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक हुनु अघि नै गीतकार चापागाईले ‘गल्ती–२’ तयार गर्नु पछाडिको कथा पनि सार्वजनिक गरेका छन् । उनले फेसबुक स्टाटस मार्फत ‘गल्ती २’ तयार हुनुको कथा सार्वजनिक गरेका हुन् । विक्रमको आवाजमा रहेको गीतबाट सबैको प्रतिकृया राम्रो आउँदै गरेको समयमा नेपाल आईडलको तेस्रो सिजनमा विक्रम र सज्जाले गल्ती गीतलाई एकसाथ प्रस्तुत गरेका थिए । उत्कृष्ट १० को प्रस्तुतिका क्रममा उनीहरुले उक्त गीतबाटै पफोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । गीतकार चापागाईले त्यही दिनदेखि नै सज्जा र विक्रमका लागि युगल गीत बनाउने बारेमा सोचेको स्टाटसमार्फत खुलाएका छन् । सज्जा र विक्रमका लागि गीत तयार गर्ने बारेमा सोचिरहेका चापागाईलाई विक्रमले नै गल्ती २ बनाऔँ भन्ने सुझाव दिएका थिए । जसका कारण गीत तयार भएको हो ।

‘गल्ती–२’ मा पहिलो गीतकै टिमले काम गरेका छन् । सज्जाका साथमा म्युजिक भिडियोका कलाकारहरुमात्रै यो पटक परिवर्तन भएका छन् । ‘गल्ती २’ मा सुरजसिंह ठकुरी र रेश्मा घिमिरेले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । यसअघि पहिलो गीतमा आशिरमान देशराज जोशी र स्वस्तिमा खड्काले अभिनय गरेका थिए । हेर्नुहोस् गीतको म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*