बिमला श्रेष्ठको आवाज सुनेर निर्णायकहरु नै चकित

२७ माघ २०७७, मंगलवार २१:१७
Featured Video Play Icon

मकवानपुर, २७ माघ । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा धादिङको निलकण्ठ निवासी बिमला श्रेष्ठले निर्णायकहरुको मन जितेकी छिन् । अडिसन राउण्ड र उत्कृष्ट ५० हुँदै उत्कृष्ट २७ सम्म पुगेकी बिमलाले उत्कृष्ट ९ का लागि प्रतिस्पर्धा गर्दा निर्णायकहरुबाट निक्कै प्रशंसा बटुलेकी थिईन् । चर्चित गायिका मनिला सोताङको जस्तो आवाज भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उत्कृष्ट ९ लागि भएको च्यालेञ्ज राउण्डमा बिमलाले सुदिक्षा श्रेष्ठ र नेहा उप्रेतीसँग एउटै गीतमा प्रतिस्पर्धा गरेकी थिईन् । ‘सपना भई आँखामा’ बोलको गीतमा प्रतिस्पर्धा गरेकी बिमलाले निर्णायकहरुबाट प्रशंसाका शब्दहरु पाएकी थिईन् । हेर्नुहोस् भिडियो सामग्री–

बिमलाको प्रस्तुतिमा भावना मिसिएको भन्दै निर्णायक विवेक श्रेष्ठले उनको फिलिङ्सको खुलेर तारिफ गरे । त्यस्तै निर्णायक रजिना रिमालले बिमलाको आवाज सुन्दा गायिका मनिला सोताङको जस्तो भएको बताएकी थिईन् । बिमलाले गीत गाउँदा कुनै कुनै ठाउँमा निक्कै राम्रो फिलिङ्स प्रस्तुत गरेको पनि उनले बताईन् । निर्णायक दिप श्रेष्ठको पनि बिमलाको आवाजमा पोटिन्सियल भएको बताएका थिए । बिमलाको आवाजमा मिठास भएता पनि सुधार्नुपर्ने केही कुराहरुका बारेमा पनि निर्णायकहरुले सुझाव पनि दिएका थिए । बिमलाको फिलिङ्स र आवाजका कारण निर्णायकहरुलाई निर्णय लिन केही कठिन अवस्था सिर्जना भएको थियो ।

राम्रो कमेन्ट पाएता पनि बिमलाले सुधार्नुपर्ने केही कुराहरु भएका कारण र प्रतिस्पर्धामा सुदिक्षा तामाङको राम्रो प्रस्तुति भएका कारण निर्णायकहरुले सुदिक्षालाई उत्कृष्ट ९ का लागि छनौट गरेका थिए । सुदिक्षा उत्कृष्ट ९ का लागि छनौट भएसँगै बिमलाको हल अफ फेमको यात्रा च्यालेञ्ज राउण्डसम्म मात्र सिमित भएको छ । बिमलाले सुदिक्षाका लागि पनि बधाईका शब्दहरुसँगै निर्णायकहरुलाई पनि धन्यवाद दिएकी छिन् । बिमलालाई उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायकहरुले स्ट्यानबाई राखेका थिए । तर उनले पून गाएर पठाएको अर्को रेकर्डिङका आधारमा बिमलालाई उत्कृष्ट २७ का लागि छनौट गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*