सुदिक्षा तामाङ, टिका मगर र समिर लिम्बु हल अफ फेमको उत्कृष्ट ९ मा

२७ माघ २०७७, मंगलवार २१:०६
Featured Video Play Icon

मकवानपुर, २७ माघ । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ९ का लागि दोस्रो समूहबाट थप ३ जना प्रतियोगीहरु छानिएका छन् । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा भइरहेको यो शोको च्यालेञ्ज राउण्डको दोस्रो समूहमा भिडेका उत्कृष्ट ९ जना प्रतियोगीहरुमध्ये ३ जना प्रतियोगीहरु उत्कृष्ट ९ कोलागि छानिएका हुन् । च्यालेञ्ज राउण्डको दोस्रो समूहमा परेका ९ जना प्रतियोगीहरुले ३–३ जनाको समूहमा एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुमध्ये सुदिक्षा तामाङ, टिका मगर र समिर लिम्बु उत्कृष्ट ९ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा उत्कृष्ट ९ मा परेका यी तिनै जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैर्छौँ । हेर्नुहोस् भिडियो–

सुदिक्षा तामाङ–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेकी चौथो प्रतियोगी हुन् सुदिक्षा तामाङ । सुदिक्षा भक्तपुरको सृजना नगर निवासी हुन् । सुदिक्षाले च्यालेञ्ज राउण्डमा बिमला श्रेष्ठ र नेहा उप्रेतीसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘सपना भई आँखामा’ बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुमध्ये बिमला श्रेष्ठले निकै सुमधुर प्रस्तुति दिएपछि निर्णायक विवेक श्रेष्ठ कसलाई अघि बढाउने भनेर कन्फ्युज समेत भएका थिए । उनीहरुमध्ये सुदिक्षालाई निर्णायकहरुले उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । यसअघि उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा पनि सुदिक्षालाई निर्णायकहरुले धेरै प्रशंसा गरेका थिए । गायनमा उनको भविष्य राम्रो भएको भन्दै निर्णायकहरुले बेष्ट गायिका हुनसक्ने समेत बताएका थिए । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायक रजिनाबाट ७ अंक तथा निर्णायक दिप र विवेकबाट ८–८ अंक गरी जम्मा २३ अंक प्राप्त गरेकी थिईन् । उनी उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा सबैभन्दा बढी अंक प्राप्त गरेकी प्रतियोगी पनि हुन् ।

टिका मगर–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका पाँचौ प्रतियोगी हुन् टिका मगर । टिका ईलाम निवासी हुन् । टिकाले च्यालेञ्ज राउण्डमा प्रकाश प्रधान र निमा शेर्पासँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘सुन कथा एउटा गीत’ बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले निक्कै प्रशंसा गरेका थिए । निर्णायकहरुले उनीहरुको समूहलाई निक्कै राम्रो समूह भएको र निर्णय लिन समेत गाह्रो भएको बताएका थिए । उनीहरुमध्ये निर्णायकहरुले टिकालाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । यसअघि उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा टिकाले सबै निर्णायकहरुबाट ७–७–७ अंक गरी जम्मा २१ अंक प्राप्त गरेका थिए ।

समिर लिम्बु–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका छैटौँ प्रतियोगी हुन् समिर लिम्बु । समिर काठमाडौँ कपन निवासी हुन् । समिरले च्यालेञ्ज राउण्डमा निरज नगरकोटी र सुदिप जैरुसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ‘के भन्ने हाम्रो समय’ बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले राम्रो भएको बताएका थिए । उनीहरुमध्ये निर्णायकहरुले समिरलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । यसअघि समिरले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायक विवेकबाट ६.५ अंक तथा निर्णायक दिप र रजिनाबाट ७–७ अंक गरी जम्मा २०.५ अंक प्राप्त गरेका थिए । उनी उत्कृष्ट ५० बाट उत्कृष्ट २७ छनौटका क्रममा सबैभन्दा बढी अंक पाउने ५ प्रतियोगीहरुमध्ये एक हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*