हल अफ फेमका उत्कृष्ट ९ का लागि विजय, नाम्साङ र रोनिश छानिए

२६ माघ २०७७, सोमबार ०६:३२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ माघ । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ९ का लागि पहिलो ३ जना प्रतियोगीहरु छानिएका छन् । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा भइरहेको यो शोको च्यालेञ्ज राउण्डमा भिडेका उत्कृष्ट पहिलो समूहका ९ प्रतियोगीहरुमध्ये ३ जना प्रतियोगीहरु उत्कृष्ट ९ कोलागि छानिएका हुन् । च्यालेञ्ज राउण्डको पहिलो समूहमा परेका ९ जना प्रतियोगीहरुदले ३–३ जनाको समूहमा एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । पहिलो समूहको ९ जनामध्ये ३ जना प्रतियोगीहरु उत्कृष्ट ९ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा उत्कृष्ट ९ मा परेका यी तिनै जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैर्छौँ ।

विजय सुनार–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका पहिलो प्रतियोगी हुन् विजय सुनार । बुटवलको बर्दाघाट निवासी विजयले च्यालेञ्ज राउण्डमा सन्दिप गहतराज र सञ्जीवनी महर्जनसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले रजिना रिमालको आवाजका रहेको ‘म मर्ने बेला’ बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुमध्ये विजयले गीतलाई सबैभन्दा उत्कृष्ट गाएको भन्दै निर्णायकहरुले विजयलाई उत्कृष्ट ९ को लागि छानेका हुन् । यसअघि विजयले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा तिनै जना निर्णायकहरुबाट ६–६–६ अंक गरी जम्मा १८ अंक प्राप्त गरेका थिए ।

नाम्साङ राई–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका दोस्रो प्रतियोगी हुन् नाम्साङ राई । कोलुन हङकङमा बसोबास गरिरहेका नाम्साङले च्यालेञ्ज राउण्डमा दिनेश गुरुङ र सुरेन लिम्बुसँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले विवेक श्रेष्ठको हङकङ पोखरा बोलको गीतमा प्रस्तुति दिएका थिए । तिनै जनाको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुमध्ये नाम्साङले उत्कृष्ट गाएको भन्दै निर्णायकहरुले नाम्साङलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । यसअघि नाम्साङले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायक रजिनाबाट ६ अंक तथा निर्णायक दिप र विवेकबाट ७–७ अंक गरी जम्मा २० अंक प्राप्त गरेका थिए ।

रोनिश श्रेष्ठ–हल अफ फेम सिजन २ को उत्कृष्ट ९ मा पुगेका तेस्रो प्रतियोगी हुन् रोनिश श्रेष्ठ । रोनिश धरान निवासी हुन् । उनले च्यालेञ्ज राउण्डमा दर्पण रिजालसँग प्रतिपर्धा गरेका थिए । उनीहरुको समूहमा रहेका गिरिजा खतिवडाले घाँटीमा आएको समस्याका कारण प्रतियोगितामा सहभागी हुन नसकेपछि रोनिश र दर्पण उत्कृष्ट ९ का लागि भिडेका हुन् । उनीहरुले दिप श्रेष्ठको ‘मेरो आँखामा भरदिन’ बोलको गीतमा प्रस्तुति दिएका थिए । उनीहरु दुबैको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुमध्ये रोनिशले उत्कृष्ट गाएको भन्दै निर्णायकहरुले रोनिशलाई उत्कृष्ट ९ को लागि छनौट गरेका हुन् । रोनिशले यसअघि उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायक रजिनाबाट ६ अंक तथा निर्णायक दिप र विवेकबाट ६.५–६.५ अंक गरी जम्मा १९ अंक प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*