शुभराज भोम्जन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको सचिवमा चयन

२६ माघ २०७७, सोमबार ०६:०८

दक्षिण कोरिया, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको सचिवमा शुभराज भोम्जन चयन भएका छन् । केही समय अघि मात्रै केपी ओली खेमा पार्टी संगठनको मुल प्रवाहबाट अलग भएपछि प्रवास संगठन दक्षिण कोरियाबाट पनि ओली खेमा अलग भएको थियो । तात्कालिन पार्टी सचिव टेक पुन मगर पार्टी विभाजन भए पश्चात पार्टीको कुनैपनि गतिविधिमा संलग्न नरहेकाले सचिवको जिम्मेवारी भोम्जनलाइ दिइएको हो ।

भोम्जन पार्टी सचिवको जिम्मेवारी पाउनुभन्दा पहिले प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको केन्द्रीय सदस्य रहेका थिए । पार्टीको नियमित बैठकबाट भोम्जनलाइ सचिवको जिम्मेवारी दिनुका साथै विभिन्न विभागहरु पनि गठन गरिएको छ । अनुशासन विभाग, संगठन विभाग, साँस्कृतिक विभाग,स्कूल विभाग, सुचना तथा सञ्चार विभाग, आर्थिक विभाग, पुर्व जनमुक्ति सेना विभाग, खेलकुद विभाग, बुद्धिजीवि तथा व्यवसायी विभाग, विद्यार्थी विभाग, युवा विभाग, सामाजिक संघ सँस्था समन्वय विभाग, महिला विभाग लगायतका विभागहरु पनि गठन गरिएको छ ।

अध्यक्ष दिलिप धितालको अध्यक्षतामा भएको नियमित बैठकबाट केपी ओलीले चालेको कदमलाइ प्रतिगामी कदम भएको ठहर गर्दै उक्त कदमको बिरुद्धमा कटिबद्ध रहने निर्णय समेत गरिएको छ । बैठकबाट क्षेत्रीय कमिटिहरुमा रिक्त रहेको पदहरुमा पनि पदपुर्ति गर्ने निर्णय गरिएको छ । पार्टी सचिवको जिम्मेवारी लिँदै भोम्जनले पार्टीले दिएको जिम्मेवारीलाइ पुर्ण जिम्मेवार भएर निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । भोम्जन तात्कालिन नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सचिवालय सदस्य रहनुका साथै मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सह–सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनले स्थानिय तहको निर्वाचनमा समेत भाग लिएका थिए । भोम्जन हाल उच्च शिक्षाकालागि दक्षिण कोरियामा रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*