सुदिक्षा तामाङ सबैभन्दा अगाडि, यस्ता छन् सर्वाधिक अंक पाउने ५ प्रतियोगीहरु

२३ माघ २०७७, शुक्रबार २०:२७
Featured Video Play Icon

मकवानपुर, २३ माघ । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा भक्तपुर निवासी सुदिक्षा तामाङले सर्वाधिक अंक प्राप्त गरेकी छिन् । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायकहरुबाट सर्वाधिक अंक पाएकी हुन् । उनी अहिले उत्कृष्ट २७ मा पुगेकी छिन् । सुदिक्षा भक्तपुरको सृजना नगर निवासी हुन् । सुदिक्षालाई उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा निर्णायकहरुले धेरै प्रशंसा गरेका थिए । गायन क्षेत्रमा उनको भविष्य राम्रो भएको भन्दै निर्णायकहरुले राम्रो गायिका हुनसक्ने भन्दै उनको प्रशंसा गरेका थिए । उनी शोमा सबैभन्दा राम्रो कमेन्ट पाएकी प्रतियोगी पनि हुन् । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायक रजिनबाट ७ अंक तथा निर्णायक दिप र विवेकबाट ८–८ अंक गरी जम्मा २३ अंक प्राप्त गरेकी थिईन् । हेर्नुहोस् भिडियो–

त्यस्तै उत्कृष्ट २७ मा परेका प्रतियोगीहरुमध्ये सुदिक्षासहित सर्वाधिक अंक ल्याउने थप ४ जना प्रीतयोगीहरुमा सुदिप जैरु, टिका मगर, निरज नगरकोटी र समिर लिम्बु रहेका छन् । उनीहरुमध्ये सुदिप, टिका र निरजले समान २१–२१ अंक प्राप्त गरेका छन् । सुदिप जैरु डडेलधुराको खलङ्गा निवासी हुन् । उनले पनि आफ्नो प्रस्तुतिमा राम्रो कमेन्ट पाएका थिए । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले सबै निर्णायकहरुबाट ७–७–७ गरी जम्मा २१ अंक प्राप्त गरेका थिए । टिका मगर ईलाम निवासी हुन् । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले सबै निर्णायकहरुबाट ७–७–७ अंक गरी जम्मा २१ अंक प्राप्त गरेका थिए । निरज नगरकोटी काठमाडौँको कलंकी मन्दिर निवासी हुन् । उनले उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा गायनसँगै राम्रो गितार बजाएकोमा प्रशंसा पाएका थिए । उनले तिनैजना निर्णायकहरुबाट ७–७ अंक गरी जम्मा २१ अंक प्राप्त गरेका थिए ।

त्यस्तै समिर लिम्बु काठमाडौँ कपन निवासी हुन् । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा उनले निर्णायक विवेकबाट ६.५ अंक तथा निर्णायक दिप र रजिनाबाट ७–७ अंक गरी जम्मा २०.५ अंक प्राप्त गरेका थिए । यसरी उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा सर्वाधिक अंक ल्याएका यी ५ प्रतियोगीहरुले अब उत्कृष्ट २७ मा परेका अन्य प्रतियोगीहरुसँगै च्यालेञ्ज राउण्डमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरुमध्येबाट हल अफ फेमको आगामी राउण्डमा भिड्ने प्रतियोगीहरु छानिनेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*